‘रावायण’को आइटम गीतमा पूर्वमिस नेपाल चण्डकको ‘ग्याल्मर लुक्स’ « Khabarhub

‘रावायण’को आइटम गीतमा पूर्वमिस नेपाल चण्डकको ‘ग्याल्मर लुक्स’


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भदौ २१ बाट प्रदर्शनमा आउने फिल्म ‘रावायण’को आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक भएको छ ।

उक्त गीतमा भारतीय सोनु कक्कर र समिर चौरासियाको स्वर रहेको छ । प्रदीप श्रीवास्तवको शब्द र रेवन आरती सिंहको संगीत छ । निर्माण पक्षका अनुसार यो गीतको रेकर्ड मुम्बईमा गरिएको हो ।

गीतमा पल शाह, प्रकाश शाह, कैलाश रावल र पूर्वमिस नेपाल निकिता चण्डकको नृत्य छ । भिडियोमा निकितालाई ग्याल्मर लुक्समा प्रस्तुत गरिएको छ । यस गीतमा विक्रम स्वारको कोरियोग्राफी हेर्न सकिन्छ ।

यस फिल्मको शीर्ष भूमिकामा पल र पूजा शर्मा रहेका छन् । फिल्ममा पलले दोहोरो चरित्र निर्वाह गरेका छन् । फिल्ममा पल पूजा, प्रकाश, कैलाशसहित प्रियंका कार्की, प्रमोद अग्रहरी लगायतको अभिनय छ ।

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बनेको यस फिल्मको निर्माता नायिका पूजा स्वयम् हुन् ।

फिल्ममा सुदर्शन थापाको निर्देशन र कथा रहेको छ भने शिवम अधिकारीको लेखन रहेको छ ।

हेर्नुहोस् भिडियोः
www.youtube.com/watch?v=tEA7e-F5wMs

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ७ : ११ बजे

लाल बकैया नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक अझै बेपत्ता

काठमाडौँ – लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन

यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

इलाम– यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२–८३ मा

धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद

जनकपुरधाम– भन्सार चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो २६ दिनमा

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौँ– आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी

धनकुटाको भेडेटारस्थित ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

धनकुटा– धनकुटाको भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका