विष्णु माझी तीज गीत ‘आइन आमा यो तीजमा’ करोड क्लबमा « Khabarhub

विष्णु माझी तीज गीत ‘आइन आमा यो तीजमा’ करोड क्लबमा


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

गण्डकी – लोकप्रिय गायिका विष्णु माझीको मौलिक तीज गीत ‘आइन आमा यो तीजमा…’ यसवर्ष युट्युबमा सबैभन्दा बढी हेरिएको तीज गीतमा पर्न सफल भएको छ । युट्युबमा सार्वजनिक भएको नौ दिनमा उक्त गीतको म्यूजिक भिडियोलाई एक करोडभन्दा बढी पटक हेरिएको छ ।

‘सपना म्यूजिक इन्ड्रष्टिज’ युट्युब च्यानलबाट यही भदौ ८ गते गीत सार्वजनिक गरिएको थियो । तीज पर्वको छेकोमा सार्वजनिक भएको उक्त गीतमाथि झण्डै २५ हजारले प्रशंसायुक्त टिप्पणी गरेका छन् ।

तीज गीतका नाममा विकृतियुक्त गीत मौलाइरहेका बेला गायिका माझीको उक्त मौलिक शैलीको तीज गीतले चर्चा पाएको हो । तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण उक्त गीतलाई धेरैले रुचाएका हुन् ।

विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन् । यसबीचमा तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायकगायिकालाई प्रतिबन्ध लगाउनेसम्मको अवस्था सिर्जना भएको थियो ।

यस वर्ष दर्जन बढी त्यस प्रकृतिका गीत विवादमा मुछिएका छन् । केही गायकगायिकाले त्यस किसिमका गीत गाएकामा क्षमासमेत माग्नुपर्ने स्थिति सिर्जना भयो । ऐतिहासिक पर्व गीतमाथि खलल पुर्‍याएकामा लोकसङ्गीत प्रेमीले विरोध समेत जनाए । केही रेडियोकर्मीले आफ्ना कार्यक्रममा त्यस्ता गीत नबजाउने घोषणा समेत गरे ।

बढ्दो व्यावसायिक बजार र प्रतिस्पर्धाले पनि नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको कतिपय सङ्गीतकर्मी बताउँछन् । तीज गीतलगायत लोक गीत सङ्गीतमा भित्रिएको विकृति रोक्न स्वयं सर्जकरकलाकारले स्वनियन्त्रण गर्नुपर्ने उनीहरुको भनाइ छ ।

पहिलेका तीज गीतमा महिलाले आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचार आदिलाई मुखरित गर्ने गरेकामा अहिलेका तीज गीत भड्किला बन्दै गएकामा लोकसङ्गीत प्रेमीहरु चिन्तित छन् ।

गायिका माझीद्वारा स्वरबद्ध उक्त तीज गीतमा सुन्दरमणि अधिकारीले शब्द र सङ्गीत दिएको छ। गीतको म्यूजिक भिडियोमा कलाकार ललिता पौडेललगायतको अभिनय र नृत्य रहेको छ ।

तीजमा माइत जान नपाएकी चेलीको मनोभावनालाई गीतले उठान गरेको छ । गायिका माझीले तीन वर्षअघि ल्याएको तीज गीत ‘चरी जेलैमा’ पनि त्यो बेला चर्चित बनेको थियो । उक्त गीतलाई हालसम्म युट्युबमा पाँच करोड बढी पटक सुनिएको÷हेरिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ८ : ३६ बजे

आईसीसी लिग–२ : युएईले बलिङ रोज्दा नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल, युएई र ओमानबीचको

आगलागीमा एक जनाको मृत्यु

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी

प्रहरीको तैनाथी बढेपछि बस्ती खाली गर्दै सुकुमवासीहरू (तस्बिर)

काठमाडौँ– सरकारले थापाथलिस्थित अतिक्रमित क्षेत्र खाली (सुकुम्बासी बस्ती) डोजर लगाएर

अमेरिका र इरानबीच शान्ति वार्ताको प्रयास, ट्रम्पका विशेष दूत विटकोफसहितको टोली पाकिस्तान पुग्दै

काठमाडौँ– अमेरिका र इरानबीचको द्वन्द्व समानधानका लागि पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

काठमाडौँ – गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका