एन्फा महिला लिग : आज चन्द्रपुर र कर्णाली तथा एपीएफ र नेपाल पुलिस भिड्ने « Khabarhub

एन्फा महिला लिग : आज चन्द्रपुर र कर्णाली तथा एपीएफ र नेपाल पुलिस भिड्ने


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एन्फा राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आज चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश तथा एपीएफ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

आज पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले खेल्नेछन् । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

चन्द्रपुरलाई एन्फाले सिधै लिग खेल्ने अवसर दिएको हो भने कर्णाली प्रदेश छनोट प्रतियोगिताबाट आएको हो ।

यस्तै, दोस्रो खेलमा एपीएफ र नेपाल पुलिस क्बलबीच प्रतिस्पर्धा हुनेछ । खेल अपराह्न सवा ४ बजे सोही मैदानमा हुनेछ ।

लिगमा एपीएफ एफसी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा एफसी र बागमती युथ क्लब गरी १० टिम सहभागी छन् ।

लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले एक–एक लाख तथा उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउने छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ९ : २० बजे

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु

इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह

एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा