क्यान्सररोगीलाई चाहिने ब्याग नेपालमा उत्पादन भएन, महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता « Khabarhub

क्यान्सररोगीलाई चाहिने ब्याग नेपालमा उत्पादन भएन, महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- मूत्रनली र मलद्वारको क्यान्सरको शल्यक्रियापछि धेरै बिरामीलाई प्रयोग गर्नुपर्ने प्लाष्टिकको झोला (कोलोस्टोमी र युरोस्टोमी ब्याग) नेपालमा उत्पादन नहुँदा महँगो मूल्यमा खरीद गर्नुपर्ने बाध्यता रहेको छ ।

ती दुई क्यान्सरको शल्यक्रियापछि उपचार गराइरहेका देशभरका बिरामीको बुधबार सम्पन्न भेलामा उनीहरुले स्वदेशमा झोला उत्पादन गर्न माग गरेका हुन् । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशक एवं मूत्ररोग विशेषज्ञ डा निर्मल लामिछानेका अनुसार एउटा झोला खरीद गर्न बिरामीले एक हजार ५ सय रुपैयाँ हाराहारी तिर्नुपर्ने हुन्छ । अस्पतालले दाता खोजेर स्टोमा सेवा समाजमार्फत न्यून शुल्कमा दिँदै आएको भए पनि सधैँ सबैले पाउने अवस्था छैन ।

लामिछाने स्वदेशमै झोला उत्पादन गर्न सके बिरामीले सस्तो मूल्यमा सहजरूपमा पाउन सक्ने बताए । सबै बिरामीको अपेक्षा रहेको भन्दै उनले मूत्रथैलीको शल्यक्रिया गरेकामध्ये ३० प्रतिशत हाराहारीलाई र मलद्वारको शल्यक्रिया गरेकामध्ये २० प्रतिशतलाई यो झोला अनिवार्य हुने बताए । दिसापिसाबको प्राकृतिक बाटो परिवर्तन गरी कृत्रिमरूपमा दिसापिसाब त्याग गर्न झोला प्रयोग गरिन्छ ।

एउटा बिरामीलाई न्यूनतम सात दिनमा झोला फेर्नु पर्दछ । जटिल समस्या देखिएमा दैनिकजसो प्रयोग गर्नुपर्ने बाध्यता हुने गरेको छ । कोलोस्टोमी र युरोस्टोमी झोला अहिले नेपालमा उत्पादन नहुँदा र समय–समयमा नपाउँदा बिरामीलाई समस्या पर्ने गरेको समाजका सचिव मीनबहादुर अछामे बताउँछन् ।

अस्पतालले अहिले एउटा झोलाको २० रुपैयाँका दरले वितरण गर्दै आएको छ । अस्पतालमा नपाउँदा बिरामीले महँगोमा खरीद गर्नुपरेको भन्दै अछामेले सबैको पहलमा नेपालमै झोला उत्पादन गर्नुपर्ने बताए।

झापाबाट झोला लिन क्यान्सर अस्पताल आइपुगेका ५९ वर्षीय डोरबहादुर खत्रीले सर्वसुलभरूपमा नपाउँदा लामो यात्रा गरेर अस्पतालमा आउन बाध्य भएको बताए । बाहिर किन्दा महँगो पर्ने भएकाले नियमितरूपमा आएर झोला लैजाने गरेको उनले बताए । यहीँ उत्पादन भए सबैतिर पाइने बताउँदै उनले नेपालमा उत्पादन नहुँदा बिरामीले दुःख पाएको गुनासो गरे।

स्टोमा सेवा समाजका अध्यक्ष देवीलाल ढकालले राज्यले यस्ता बिरामीको सेवाका लागि झोला नेपालमै उत्पादन गर्नु आवश्यक रहेको बताए । अहिले यो झोला प्रयोग गर्ने ६ सय ७० रहेको बताउँदै उनले नेपालभर छरिएका बिरामीलाई भरतपुर आएर सेवा लिन असहज भएको बताए । यो झोला प्रयोग गर्नेमा ५ सय १७ मलद्वार र १ सय ५३ मूत्रनलीका बिरामी छन् ।

अस्टोमेट एशोसिएसन अमेरिकाले वार्षिक चार करोड बराबरको झोला सहयोग गर्दै आएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले यस्ता बिरामीको उपचारका लागि अस्पतालले नियमित बहिरङ्ग विभाग सञ्चालनमा ल्याउने बताए । आर्थिक अवस्था कमजोर रहेका बिरामीलाई दाताले दिएको झोला प्रयोग गर्न दिएर सक्षमले खरीद गरिदिएमा सहज हुने उनले बताए । नेपालमा हुने क्यान्सर रोगमध्ये मलद्वारको क्यान्सर छैटौँमा पर्दछ भने पिसाब थैलीको सातौँमा पर्दछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ९ : ११ बजे

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली– कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग