पाकिस्तानमा अवकाशप्राप्त शिक्षकलाई प्रहरीबाट यातना « Khabarhub

पाकिस्तानमा अवकाशप्राप्त शिक्षकलाई प्रहरीबाट यातना


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा एक जना अवकाशप्राप्त शिक्षकलाई प्रहरीले यातना दिएको घटना बाहिरिएको छ ।

पाकिस्ताबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनका अनुसार सिन्ध प्रान्तको सिनजोरो क्षेत्रमा चोरी गरेको मिथ्या आरोप लगाउँदै अवकाशप्राप्त शिक्षकलाई प्रहरीले यातना दिएको हो ।

प्रहरी चौकीमा बोलाएपछि त्यहाँका प्रमुखले आफूलाई गाली गरेको पीडितले बताएका छन् । त्यसपछि प्रहरीले कुटपिट गरेको र बिजुलीको झड्कासमेत दिएको उनको भनाइ छ ।

दुई दिनपछि आफूलाई बेहोस अवस्थामा छाडिएको पीडितलाई उद्धृत गर्दै ट्रिब्युनले जनाएको छ । बिजुलीको झड्का दिएसँगै आफ्नो आँखाको ज्योतिसमेत गुमेको उनले जनाएका छन् ।

अदालतले पीडितलाई यातना दिने प्रहरी चौकी प्रमुख र अन्य १६ प्रहरी अधिकारीविरुद्ध उजुरी दर्ता गर्न आदेश दिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ८ : ५७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना