बालेनलाई एमाले नेता पोखरेलको चुनौती- दल खोलेर हामीसँग प्रतिस्पर्धा गर्न आउनू « Khabarhub

बालेनलाई एमाले नेता पोखरेलको चुनौती- दल खोलेर हामीसँग प्रतिस्पर्धा गर्न आउनू


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जबरजस्ती ‘अनपपुलर’ भएकोने भाष्य निर्माण गर्न खोजिएको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा बोल्दै उनले यस्ता प्रकारको भाष्यबाट सचेत हुनुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै उनले भने, ‘अहिले केपी ओली अनपपुलर भन्ने भाष्य जबरजस्त निर्माण गर्न खोजिँदैछ । हामी त्यस्तो चाहँदैनौं । लोकतन्त्रमा सबै फूल फुल्न पाउनुपर्छ, हाँस्न पाउनुपर्छ भन्ने हो ।’

नेता पोखरेलले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने बताए । उनले एउटा दलको विकल्प अर्को दल हुने बताए । उनले काठमाडौं महानगरपालिका प्रमुख शाहलाई स्वघोषित पपुलरको संज्ञा दिँदै दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न चुनौती दिए ।

‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । एउटा दलको विकल्प अर्को दल हुनसक्ला । अरु साथीहरू आफूलाई स्वघोषित पपुलर भन्नुभएको छ, उहाँहरूले पनि गरे हुन्छ । दल खोलेर हामीसँग प्रतिस्पर्धामा आए हुन्’, उनले भने, ‘त्यो प्रतिस्पर्धामा जनताबाट अब्बल सावित भए हुन्छ । आवधिक निर्वाचन प्रणाली लोकतन्त्रको सुन्दरता हो, हामी तयार छौं ।’

प्रधानमन्त्री ओलीले बालेनलाई सहयोग नै गर्न चाहेको बताए । बालेनभने ओलीविरुद्ध लगातार नकारात्मक रुपमा प्रस्तुत भइरहेको उनको भनाइ छ ।

एमालेका कुनै पनि नेता, सांसदले अपराध गरे उनीहरूलाई दण्डित गर्न कसैले नरोक्नि उनले बताए । ‘ओली र बालेनबीचमा कुनै त्यस्तो म देख्दिनँ । ओलीले उहाँलाई जहिले पनि हामी उहाँलाई सहयोग गर्छौं भन्ने हिसाबबाटै कुरा राख्नुभएको छ । तर, बालेनजी लगातार नेगेटिभ ढंगबाट प्रस्तुत हुनुभएको छ । प्रदेश सांसद रेखाजीको कुरा छ । उजुरी परेर प्रहरीले पक्राउ गर्ने प्रक्रिया किन थालेन ? एमालेले कहाँ बाधा गर्छ ?’ उनले प्रश्न गरे ।

नेता पोखरेलले पहिलो पटक नेपालको इतिहासमा समृद्धि पनि हाम्रो राष्ट्रको एजेण्डा बन्छ भन्ने कुराको सुरुवात केपी ओलीबाट भएको दाबी गरे । उनले आजको दिनसम्म ‘समृद्ध नेपाल खुसी नेपाली’को सपना साकार पार्न ओली लागिरहेको दाबी गरे ।

गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि युवाहरुले व्यक्त गरेको आक्रोशलाई उनले मनपरी भएको बताए । जे मन लाग्यो त्यो बोल्नेलाई कुनै पनि कारबाही नगर्ने लोकतन्त्र हुन नसक्ने उनको भनाइ छ ।

‘पञ्चायतकालमा विरोध गर्नेहरूले कति वर्ष जेल बस्नुपरेको थियो ? अहिले त खुल्ला मञ्चको औपचारिक कार्यक्रममा प्रधानमन्त्रीको विरुद्धमा जे मन लाग्यो त्यो बोल्ने, जे मन लाग्यो त्यो बोल्नेलाई कुनै पनि कारबाही नगर्ने लोकतन्त्र हो ?’ उनले प्रश्न गरे ।

उनले राष्ट्रिय सहमति गरेर नै संविधान संशोधनको प्रयास गरिने बताए । ‘हामीले जबरजस्ती रुपमा संविधान संशोधन गर्न चाहेको छैनौँ । राष्ट्रिय सहमति गरेरै संविधान संशोधन हुन्छ । संविधान कुनै बाइबल, कुरान होइन, यो संशोधनीय दस्तावेज हो । एउटा अवधिमा यसलाई संशोधन गरौं भन्दा विभिन्न भ्रम पाल्न जरुरी छैन,’ उनले भने ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  २ : ३९ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण