बालेनलाई एमाले नेता पोखरेलको चुनौती- दल खोलेर हामीसँग प्रतिस्पर्धा गर्न आउनू | Khabarhub Khabarhub

बालेनलाई एमाले नेता पोखरेलको चुनौती- दल खोलेर हामीसँग प्रतिस्पर्धा गर्न आउनू


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जबरजस्ती ‘अनपपुलर’ भएकोने भाष्य निर्माण गर्न खोजिएको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा बोल्दै उनले यस्ता प्रकारको भाष्यबाट सचेत हुनुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै उनले भने, ‘अहिले केपी ओली अनपपुलर भन्ने भाष्य जबरजस्त निर्माण गर्न खोजिँदैछ । हामी त्यस्तो चाहँदैनौं । लोकतन्त्रमा सबै फूल फुल्न पाउनुपर्छ, हाँस्न पाउनुपर्छ भन्ने हो ।’

नेता पोखरेलले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने बताए । उनले एउटा दलको विकल्प अर्को दल हुने बताए । उनले काठमाडौं महानगरपालिका प्रमुख शाहलाई स्वघोषित पपुलरको संज्ञा दिँदै दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न चुनौती दिए ।

‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । एउटा दलको विकल्प अर्को दल हुनसक्ला । अरु साथीहरू आफूलाई स्वघोषित पपुलर भन्नुभएको छ, उहाँहरूले पनि गरे हुन्छ । दल खोलेर हामीसँग प्रतिस्पर्धामा आए हुन्’, उनले भने, ‘त्यो प्रतिस्पर्धामा जनताबाट अब्बल सावित भए हुन्छ । आवधिक निर्वाचन प्रणाली लोकतन्त्रको सुन्दरता हो, हामी तयार छौं ।’

प्रधानमन्त्री ओलीले बालेनलाई सहयोग नै गर्न चाहेको बताए । बालेनभने ओलीविरुद्ध लगातार नकारात्मक रुपमा प्रस्तुत भइरहेको उनको भनाइ छ ।

एमालेका कुनै पनि नेता, सांसदले अपराध गरे उनीहरूलाई दण्डित गर्न कसैले नरोक्नि उनले बताए । ‘ओली र बालेनबीचमा कुनै त्यस्तो म देख्दिनँ । ओलीले उहाँलाई जहिले पनि हामी उहाँलाई सहयोग गर्छौं भन्ने हिसाबबाटै कुरा राख्नुभएको छ । तर, बालेनजी लगातार नेगेटिभ ढंगबाट प्रस्तुत हुनुभएको छ । प्रदेश सांसद रेखाजीको कुरा छ । उजुरी परेर प्रहरीले पक्राउ गर्ने प्रक्रिया किन थालेन ? एमालेले कहाँ बाधा गर्छ ?’ उनले प्रश्न गरे ।

नेता पोखरेलले पहिलो पटक नेपालको इतिहासमा समृद्धि पनि हाम्रो राष्ट्रको एजेण्डा बन्छ भन्ने कुराको सुरुवात केपी ओलीबाट भएको दाबी गरे । उनले आजको दिनसम्म ‘समृद्ध नेपाल खुसी नेपाली’को सपना साकार पार्न ओली लागिरहेको दाबी गरे ।

गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि युवाहरुले व्यक्त गरेको आक्रोशलाई उनले मनपरी भएको बताए । जे मन लाग्यो त्यो बोल्नेलाई कुनै पनि कारबाही नगर्ने लोकतन्त्र हुन नसक्ने उनको भनाइ छ ।

‘पञ्चायतकालमा विरोध गर्नेहरूले कति वर्ष जेल बस्नुपरेको थियो ? अहिले त खुल्ला मञ्चको औपचारिक कार्यक्रममा प्रधानमन्त्रीको विरुद्धमा जे मन लाग्यो त्यो बोल्ने, जे मन लाग्यो त्यो बोल्नेलाई कुनै पनि कारबाही नगर्ने लोकतन्त्र हो ?’ उनले प्रश्न गरे ।

उनले राष्ट्रिय सहमति गरेर नै संविधान संशोधनको प्रयास गरिने बताए । ‘हामीले जबरजस्ती रुपमा संविधान संशोधन गर्न चाहेको छैनौँ । राष्ट्रिय सहमति गरेरै संविधान संशोधन हुन्छ । संविधान कुनै बाइबल, कुरान होइन, यो संशोधनीय दस्तावेज हो । एउटा अवधिमा यसलाई संशोधन गरौं भन्दा विभिन्न भ्रम पाल्न जरुरी छैन,’ उनले भने ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  २ : ३९ बजे

सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज

काठमाडौं– खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको

एनपीएलमा आरिफ र अविनाश सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट

विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

काठमाडौं– विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क

सरकारविरुद्ध अन्तर्राष्ट्रिय निकायमा जाने भूपू गोर्खा सैनिकको चेतावनी

काठमाडौं- ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सर्वोच्च अदालतको फैसला

स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता 

काठमाडौं– आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि