प्रधानमन्त्री र बालेनलाई विश्व पौडेलको सुझाव- झगडा रोकेर देश विकासमा जुट्नू | Khabarhub Khabarhub

प्रधानमन्त्री र बालेनलाई विश्व पौडेलको सुझाव- झगडा रोकेर देश विकासमा जुट्नू


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका नेता विश्व पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई झगडा नगर्न सुझाएका छन् ।

महानगर प्रमुख शाहका समर्थकहरू प्रधानमन्त्री शर्माको सामाजिक सञ्जालमा फलोअर घटाउने अभियानमा रहेका बेला उनले दुवैलाई झगडा नगर्न सुझाएका हुन् ।

‘प्रधानमन्त्रीज्यू र मेयर के झगडा गर्नु ?,’ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका पौडेलले फेसबुकमा लेखेका छन् । उनले प्रधानमन्त्री ओलीालाई काठमाडौंमा मेट्रो रेल बनाउने घोषणा गरेर अघि बढ्न र चीनलाई नकुरी सहरी सडकहरू बनाउन पनि सुझाएका छन् ।

‘प्रधानमन्त्रीज्यू,काठमाडौंमा एउटा मेट्रो रेल बनाउने घोषणा गरेर अघि बढौँ । चीनलाई नकुरी एक, दुईवटा सहर सुहाउँदो सहरी सडक बनाऔँ । अघिल्लो पटक एकलौटी सरकार बनाउँदा धेरै काम नलाग्ने एयरपोर्ट र सभा हलहरूमा जोड दिइएको थियो,’ पौडेलले लेखेका छन्, ‘अब सडक दुर्घटना नै दुर्घटनाबाट आजित जनताले सुविधा हुने सडक र सहरी पूर्वाधार खोजेका छन् । पैसा कताबाट ल्याउने भन्ने छ भने छलफल गरौँ, बरु म कोठा मिलाउँछु ।’

पौडेलले महानगर प्रमुख शाहलाई अब काममा केन्द्रित हुन भनेका छन् । ‘मेयर सा’वले पनि गत आर्थिक वर्ष २४ अर्ब खर्च गर्ने बजेट ल्याएकोमा कुल १२ अर्ब खर्च भएको रहेछ । पुँजीगत खर्च १५ अर्ब छुट्याएकोमा ६ अर्ब ३८ करोड मात्र खर्च भएछ,’ उनले भनेका छन्, ‘मेयरको आफ्नै अफिसको काम गराइ उहाँको आफ्नै रिपोर्टअनुसार अत्यन्त चिन्ताजनक छ । अब काममा फोकस चाहियो ।’

पौडेलले शाहलाई फेसबुकका फलोअर गनेर नेता नभइने भन्दै कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको भनाइ स्मरण गराएका छन् ।

‘फेसबुकका फलोअर गनेर बसेर नेता भइन्छ ? गणेशमान सिंहको एउटा फेमस भनाइ थियो, ‘नेताले कहिल्यै आफ्नो पछाडि कति मान्छे छ भनेर हेर्दैन,’ उनले लेखेका छन्, ‘कहिले ऊ एक्लै हुन्छ, कहिले उसका पछाडि लाखौंको भीड हुन्छ । फलोअर गनेर सेलेब्रिटी भइन्छ, नेता भइँदैन ।’

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ४ : ५२ बजे

चाडपर्वको मुखमै सुन कारोबारमा मन्दी

काठमाडौं– दशैं, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा सुनको कारोबारमा

च्याम्पियन्स लिग: म्यानचेस्टर र इन्टरको बराबरी, पिएसजी र सेल्टिकको विजयी सुरुवात

लण्डन – स्कटल्यान्डको सेल्टिकले युरोपेली च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका

ओमानसँग नेपाल एक विकेटले हारेको खेलमा प्लेयर अफ द म्याच बने गुल्सन झा

काठमाडौं – आईसीसी विश्वकप लिग-२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले