‘प्रेम गीत ३’ को शीर्ष गीत रेडियो नेपालमा गरियो रेकर्ड « Khabarhub

‘प्रेम गीत ३’ को शीर्ष गीत रेडियो नेपालमा गरियो रेकर्ड


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको प्रतीक्षित चलचित्र ‘प्रेम गीत’ सिरिजको तेस्रो चलचित्र ‘प्रेम गी ३’ को शीर्ष गीत रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएको छ । चलचित्र टिमका अनुसार उक्त गीतलाई नेपालकै सबैभन्दा ठूलो रेकर्डिङ स्टुडियोमा लगभग ८० जना वाद्यबाधक, कलाकारहरुले एकसाथ रेकर्ड गराएका हुन् ।

निर्माता सन्तोष सेनले रेकर्डिङका समयमा अभिनेता शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र सन्तोष सेन लगायत स्टुडियोमा पुगेको जानकारी गराए । गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा राजेश कुमारको शब्द रहेको छ । यस्तै एलिश कार्कीले संगीत संयोजन रहेको छ ।

असोजदेखि छायांकनमा जाने यो चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खडका, क्रिष्टिना गुरुङ, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, माओत्से गुरुङ, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ ।

सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहने यो चलचित्र यसै वर्षको चैत्र २८ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ६ : ५६ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी