क्युबाका कार्यवहाक राजदूतले भेटे नेकपा महासचिव विप्लवलाई « Khabarhub

क्युबाका कार्यवहाक राजदूतले भेटे नेकपा महासचिव विप्लवलाई


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)सँग नेपालका लागि क्युबाका कार्यवाहक राजदूत अबेल अबेलाले बुधवार भेटवार्ता गरेका छन् ।

भेटमा महासचिव विप्लवले क्युबाका कार्यवाहक राजदूत अबेलासँग साम्राज्यवादविरुद्ध क्युबाली जनताको सङ्घर्षप्रति ऐक्यबद्धता जनाए ।

भेटवार्ताका क्रममा नेपाली क्रान्तिका लागि दुई देशबीच महत्त्वपूर्ण समन्वय र साझेदारी आवश्यक रहेकोबारे दुईजनाले चर्चा गरेका थिए ।

भेटमा क्युबाको शिक्षा र राजनीतिलाई नेपाली मौलिकतामा उतारेर अगाडि बढ्नु आवश्यक रहेकोबारे कुरा भएको थियो ।

त्यसमा आफूहरू सकारात्मक रहेको विप्लवले बताएको नेकपाका केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए ।

भेटमा नेकपाका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर केसी, नेकपाका केन्द्रीय सदस्य प्रकाश शाही लगायत सहभागी थिए ।

क्युबा चर्चित कम्युनिष्ट नेताहरू चे ग्वेभारा, फिडेल क्यास्ट्रो र राउल क्यास्ट्रोले क्रान्ति गरेको एक देश हो । जसले अहिले पनि अमेरिकासँग संघर्ष गरिरहेको छ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ९ : ३३ बजे

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि