तनहुँमा डेङ्गी सङ्क्रमित बढे | Khabarhub Khabarhub

तनहुँमा डेङ्गी सङ्क्रमित बढे


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँमा दैनिक डेङ्गी सङ्क्रमित बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला समय जिल्लाका १० पालिकामध्ये नौ वटामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

डेङ्गी सङक्रमणका बिरामी बढ्न थालेपछि ‘लामखुट्टेको लार्भा खोजौँ र नष्ट गरौं’ अभियानलाई तीव्रता दिइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । यतिबेला जिल्लाका सबै पालिकामा सरसफाइ र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म एक हजार नौ सय ६० जनामा डेङ्गी सङ्क्रमित पुष्टि भइसकेको छ । सबैभन्दा धेरै आँबुखैरेनी गाउँपालिकामा सङ्क्रमित देखिएका छन् । जसमा एक हजार तीन सय १९ जना रहेको स्वास्थ्य शाखा प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

उनका अनुसार शुक्लागण्डकीमा दुई सय ३५, व्यासमा दुई सय १९, बन्दीपुरमा एक सय १५, म्याग्देमा ३०, भानुमा १९, देवघाटमा नौ, भीमादमा सात, ऋषिङ तीन र अन्य जिल्लाका चार जना रहेका छन् ।

डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि सतर्कता अपनाउन थालिएको व्यास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनले अनुसार टोल बस्तीमा पुगेर सरसफाइका साथै सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइएको छ ।

प्रत्येक घरघरमा पानीका भाँडा छोपेर राख्ने, पानी जम्न नदिने, लामो बाहुला भएका कपडा लगाउने र सुत्दा झुलको प्रयोग गर्न सचेत गराइएको चिकित्सकहरु बताउँछन् । दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार अस्पतालमा अउने बिरामीमध्ये अधिकांश झाडापखाला, ज्वरो र डेङ्गीका बिरामी हुने गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  १० : ४६ बजे

भरतपुर अस्पतालको स्वास्थ्य बीमा सेवा ‘प्रणाली’ मा प्राविधिक समस्या

चितवन– स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी

बनेपामा आजदेखि बाह्र–बर्षे नरदेवी नाच

काभ्रेपलाञ्चोक– बनेपामा आजदेखि परम्परागत–ऐतिहासिक एवम् धार्मिक महत्वको १२ वर्षे श्री

तीन वर्षमा सक्नुपर्ने कञ्चनपुरको दुई पुल नौ वर्षमा पनि सम्पन्न भएन

कञ्चनपुर– जिल्लाका दुई पक्की पुल सम्पन्न हुने चरणमा पुगेका छन्

न्यूयोर्कका नवनिर्वाचित मेयर ममदानी गए नेपाली रेस्टुरेन्ट, खाए मःमः, फोटो भाइरल

काठमाडौं- अमेरिकाको न्यूयोर्क शहरका नवनिर्वाचित मेयर जोरहान ममदानीले नेपाली रेस्टुरेन्टमा