सबैभन्दा बढी कर तिर्ने सेलिब्रिटी शाहरुख, एघारौँ नम्बरमा कपिल « Khabarhub

सबैभन्दा बढी कर तिर्ने सेलिब्रिटी शाहरुख, एघारौँ नम्बरमा कपिल


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक शाहरुख खान आर्थिक वर्ष सन् २०२३/२४ मा सबैभन्दा बढी कर तिर्ने भारतीय सेलिब्रिटी बनेका छन् । उनले सलमान खान र अमिताभ बच्चनभन्दा करोडौं बढी कर तिरेका छन् ।

भारतको आर्थिक न्युज पोर्टल फर्च्यून इन्डियाले जारी गरेको सूचीअनुसार धेरै कर बुझाउने सेलिब्रिटीमा फिल्मका कलाकारहरुले शीर्ष स्थान कब्जा गरेका छन् । एघार जनाको सूचीमा तीन क्रिकेटरबाहेक सबै फिल्म क्षेत्रका व्यक्तिहरू छन् ।

सूचीमा पछिल्लो समय सबैभन्दा बढी फिल्म खेल्ने नायक अक्षयकुमार भने छैनन् ।

९२ करोड भारु (भारतीय रुपैयाँ) कर भुक्तान गरेर शाहरुख सूचीको पहिलो स्थानमा छन् । उनले सलमानको भन्दा १७ करोड बढी कर भुक्तान गरेका छन् ।

७५ करोड कर बुझाउने सलमान यो सूचीको तेस्रो स्थानमा छन् । उनलाई दक्षिण भारतीय नायक दलपति विजय र शाहरुखले उछिनेका हुन् । दोस्रो स्थानमा कब्जा गर्न सफल विजयले भारु ८० करोड कर भुक्तान गरेका हुन् ।

त्यस्तै, अमिताभ बच्चनले ७१ करोड कर बुझाएका छन् । उनी यो सूचीको चौथो स्थानमा छन् ।

धेरै कर तिर्ने सेलिब्रिटीको पाँचौ, सातौं र न‌औं स्थान भने भारतीय क्रिकेट खेलाडी छन् । पाँचौँ स्थानका विराट कोहलीले ६६ करोड कर बुझाएका छन् ।

सातौँ स्थानमा रहेका महेन्द्रसिंह धोनीले ३८ करोड र नऔंमा सचिन तेन्दुलकरले २८ करोड भारु कर भुक्तान गरेका छन् ।

४२ करोड कर बुझाएका अजय देवगन छैटौं स्थानमा छन् । त्यस्तै, रणवीर कपुरले ३६ करोड कर बुझाएर आठौं स्थानमा छन् ।

दशौं स्थानमा रहेका ऋतिक रोशनले २८ करोड कर बुझाएका छन् । यो सूचीको अन्तिम अर्थात एघारौं स्थानमा कपिल शर्मा छन् । उनले २६ करोड कर भुक्तान गरेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ८ : ०९ बजे

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

काठमाडौं– सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका

‘विस्थापित सुकुम्वासीले तीन महिनाभित्र लालपुर्जा पाउँछन्’

सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदीकिनारमा अवस्थित सुकुम्वासी वस्ती हटाएर त्यहाँ

रास्वपा सहमहामन्त्री हरि ढकालको उम्मेदवारी घोषणा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाले सहमहामन्त्री उम्मेदवारी घोषणा

लामो प्रतीक्षापछि सुरु हुँदै रास्वपाको बन्दसत्र

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसत्र लामो प्रतीक्षापछि सुरु हुन लागेको

आणविक निरीक्षणमा इरानको अडान

एजेन्सी– इरानले संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा