मिनेन्द्रको प्रश्न- मेरो जस्तो अनुहारलाई समानुपातिकमा किन समेट्ने ? « Khabarhub

मिनेन्द्रको प्रश्न- मेरो जस्तो अनुहारलाई समानुपातिकमा किन समेट्ने ?


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका नेता डा‍‍. मिनेन्द्र रिजालले समानुपातिक सूचीमा समावेश हुने व्यक्तिहरूको बारेमा पार्टीले उचित क्लस्टर तयार गर्नुपर्ने बताएका छन् । 

बिहीबार संविधान निगरानी समूहले आयोजना गरेको संयुक्त सरकारको अभ्यास, शासकीय प्रभाव विषयमा बोल्दै नेपाली कांग्रेसका पूर्व सांसद रिजालले समानुपातिकको सूचीमा अवसर पाएका खस आर्यलाई नै ठूला दलले समावेश गरेको स्पष्ट पारे । 

उनले भने, ‘मेरो जस्तो अनुहारलाई किन समानुपातिकमा ल्याउने अरूको उदाहरण नदिई मेरो दिएको हो । काठमाडौँमा घर भएका र  टन्न  सम्पत्ति भएका मान्छे समानुपातिकमा किन राख्ने यो विषयमा दलहरूले सोच्नुपर्छ । ’ 

उनले थ्रेसहोल्ड बढाएर सरकार स्थिर नहुने भन्दै थ्रेसहोल्ड बढाउँदा साना दलहरू मारमा पर्ने कुरालाई समेत ध्यान दिन आग्रह गरे । 

उनले भने, ‘स्थिर सरकार दिनलाई दलहरूले बहुमत ल्याउनुपर्छ । थ्रेसहोल्ड बढाएर मात्र समस्या समाधान हुँदैन जस्तो लाग्छ ।’ 

उनले अगाडि भने, ‘सरकार बदलिएपछि मात्र अर्थतन्त्र खतरामा पर्छ अरू बेला थाहा हुन्न । मैले मेरै पार्टीका मान्छेको पनि कुरा गरेको हो । पार्टी सभापतिले चलाउने कि प्रधानमन्त्रीले चलाउने हो यो पनि बहसको विषय हो । यसमा पछि बहस गरौला ।’

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ३ : २९ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक