जता सरकार कर्मचारी उतै ढल्किए : सोविता गौतम  « Khabarhub

जता सरकार कर्मचारी उतै ढल्किए : सोविता गौतम 


२० भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले जता सरकार उतै कर्मचारी तन्त्र ढल्किएको दाबी गरेकी छन् । 

बिहीबार संविधान निगरानी समुहद्वारा आयोजित सरकारको अभ्यास र शासकीय प्रभाव विषयमा बोल्दै उनले संविधान जारी भएको १० वर्षमा पनि कार्य नयनको अवस्था कमजोर भएको पनि बताइन । 

उनले भनिन, ‘नेपालमा जसको सरकार बन्यो उसै तीर कर्मचारीतन्त्र ढल्किने गरको छ । यो पनि समस्या हो ।’ 

संविधानको पूर्ण कार्यान्वयन नै नभई संशोधन गर्नुपर्ने विषय पेचिलो भएको  भन्दै उनले भनिन, ‘संविधान कार्यान्वयन नै नभई संशोधन गर्नुपरेको बहस चलेको छ । यो विडम्बना हो ।’ 

थ्रेसहोल्ड बढाउने विषयमा पनि सरकारले गम्भीर भएर सोचल्नुपर्ने उनको भनाइ छ । उनले भनिनन्, ‘थ्रेसहोल्ड बढाउने कुरा आएको छ । तर साना दलको थ्रेसहोल्ड जेड्ने हो भने ठूला दलको भन्दा बढी हुन जान्छ । यो कुरालाई पनि ख्याल गर्नुपर्छ ।’

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  ४ : ३८ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा