भान्सामा काम लाग्ने १० उपयोगी टिप्सहरु… « Khabarhub

भान्सामा काम लाग्ने १० उपयोगी टिप्सहरु…


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विभिन्न परिकारका पारखीहरु धेरैजसो आफैँ भान्सामा खाना बनाउन जान्दैनन् । खाना बनाउन मेहनतले मात्र पुग्दैन । विशेष कला र त्यसबारे ज्ञान आवश्यक रहन्छ । यदि तपाईंसँग भान्साको साधारण ज्ञान छैन भने हामी केहि टिप्सहरु दिदैछौं, जो तपाईंका लागि उपयोगी रहन सक्छन् ।

१. बेकिङ गर्नुअघि ओभन मेसिनलाई केहिबेर तताउनुहोस् । ओभन तातेपछि मात्र त्यसमा बेक गर्ने कुरा राख्न सक्नु हुनेछ ।

२. प्रेसर कुकरको प्रयोग गर्दा त्यसको ढकनी/बिर्काेलाई राम्ररी लगाएर मात्र क्लिप लगाउनुहोस् । अन्यथा बिर्काेको चेपबाट बाफ आउने, रबर निस्कने वा बिर्काे नै उछिट्टिने हुन्छ ।

३. खाना पकाउँदा आगो सधैँ मध्यम तापक्रममा राख्नुहोस् । यसले खानालाई राम्ररी पाक्न मद्दत गर्छ । यसो गर्दा खाना सराबरी पाक्नुका साथै ग्यासको पनि बचत हुन्छ ।

४. यदि कुनै तरकारीको झोल खाने हो भने पहिला त्यसलाई भुट्नुस् र अर्को चुलोमा पानी उमाली राख्नुस् । त्यो उम्लेको पानी हालेर पकाउँदा तरकारी मीठो बन्छ ।

५. प्याज भुट्दा थोरै अलिकति नून हाल्नुस् । त्यसो गर्दा प्याज लपक्क भएर चाडै पाक्छ ।

६. काँक्रालाई काट्नु अघि बिचबाट पिटिक्क भाच्नुस्, र केहिबेर राख्नुहोस् । यसो गर्दा काँक्राको तितोपना घटेर जान्छ ।

७. फलामको कराईमा खाना पकाउँदा शरीरमा अभाव हुने आइरनको मात्रा पूरा हुनसक्छ ।

८. पुरी बनाउँदै हुनुहुन्छ, र पसलमा झै स्वादिलो बनाउन चाहानुहुन्छ भने पिठोलाई दूधले मुस्नुहोस् । साथै पिठोसँगै थोरै चिनी र नुन राखेर मुस्दा पुरी स्वादिलो हुनेछ ।

९. यदि पकौडा बनाउँदै हुनुहुन्छ भने बेसनमा केहि कागतीको रस हाल्नुहोस्, पकौडाले धेरै तेल सोस्दैन र कुरुमकुरुम समेत बन्छ ।

१०. झोल तरकारीमा नुन ज्यादा भयो भने पिठो मुसेर डल्ला पारेर ६/७ डल्ला राख्दा नुनको मात्रा कम भएर जान्छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ७ : ४३ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी