चाडपर्वले विविधता र एकता बलियो बनेको छ : सभामुख घिमिरे « Khabarhub

चाडपर्वले विविधता र एकता बलियो बनेको छ : सभामुख घिमिरे


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कूरीति अन्त्यगरी समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने शुभकामना व्यक्त व्यक्त गरेका छन्।

सभामुख घिमिरेले शुक्रबार जारी गरेको शुभकामना सन्देशमा हिन्दू महिलाले महादेवको पूजा आराधनागरी मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।

“तीज बालीनाली रोपिसकेपछि फुर्सदको समयमा मनाइने पर्व हो। तर, यस पर्वको धार्मिक–सांस्कृतिकसँगै सामाजिक चेतना अभिवृद्धि गर्नका लागि पनि महत्वपूर्ण रहेको छ”, सन्देशमा भनिएको छ, “लैङ्गिक तथा पारिवारिक विभेदलाई तीजका अवसरमा विभिन्न माध्यमद्वारा सार्वजनिक गर्ने चलन रहेको थियो, तसर्थ तीज महिला जागरणको सन्देश फैलाउने धार्मिक चाड पनि हो।”

धरोहरका रुपमा रहेका हाम्रा चाडपर्वमा विविधताभित्रको एकता उद्घाटित हुँदै आएको र नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी भएको बताएका छन्।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। तीज हिन्दू नारीले मनाउने एउटा महत्वपूर्ण चाड हो।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ९ : १८ बजे

दुई मिनेट ढिलो हुँदा भोट हाल्न नपाएका प्रतिनिधि धर्नामा बसे (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको ६ दिनदेखि जारी पहिलो महाधिवेशनको भद्रगोल

स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छौ : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदुरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक

रास्वपा महाधिवेशन : बालेन बीचमै हिँडे, रवि पदाधिकारीलाई भोट हाल्नै आएनन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको ६ दिनदेखि चितवनमा जारी पहिलो महाधिवेशनको

समय सकिएपछि मतदान केन्द्र बन्द, प्रतिनिधिको असन्तुष्टि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी

बिन्दा पाण्डेको प्रश्न- आफ्नो छोराछोरीलाई १६ वर्षमा बिहे गर्ने अनुमति दिनुहुन्छ ?

काठमाडौं– बिहेको उमेर घटाउनुपर्ने विषयमा नेकपा एमालेका नेता डा. बिन्दा