पलेशाको जीतले विश्वभरका नेपालीले गौरव गर्न पाए : प्रचण्ड « Khabarhub

पलेशाको जीतले विश्वभरका नेपालीले गौरव गर्न पाए : प्रचण्ड


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् ।

खुलमटारस्थित निवासमा शुक्रबार कार्यक्रम आयोजना गरी उनले नेपालका लागि ओलम्पिकमा पहिलो पदक विजेता पलेशालाई सम्मान गरेका हुन् ।

प्रचण्डले पलेशासँगै कोच कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुवा प्रदीप गोबर्धनलाई पनि सम्मान गरेको सचिवालयले जनाएको छ ।

त्यस क्रममा अध्यक्ष प्रचण्डले नेपालबाट इतिहास रच्ने पलेशालाई बधाई दिँदै यो जीतले संसारभरका नेपालीले गौरव गर्ने अवसर प्राप्त भएको बताए ।

‘ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले मेडल प्राप्त गर्नु सामान्य विषय होइन । यसले विश्वभरका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ,’ उनले भने, ‘खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रवर्द्धन गर्छ । त्यसैले पलेशाको यो जीत अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्वपूर्ण जीत हो ।’

राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा बहुआयामिक महत्व भएकाले खेल क्षेत्रमा राज्यले बढी लगानी गर्नुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिए ।

‘अहिले समय फेरिएको छ । खेलले अन्तर्राष्ट्रिय युद्ध रोक्नेदेखि ठूलाठूला समस्याको समाधान पनि दिएको छ,’ उनले भने, ‘अहिले पलेशाले मेडल जितेपछि राष्ट्र एक ढिक्का भएको छ । सबले गर्व गरेका छन्, सब खुशी भएका छन् ।’

पलेशाको जीत राष्ट्रिय एकताको आधार र अन्तर्राष्ट्रिय कूटनीति प्रवर्धनमा ऐतिहासिक बन्न पुगेको उल्लेख गर्दै प्रचण्डले आगामी ओलम्पिकमा पनि थप सफलताको शुभकामना दिए ।

जीतका लागि आधार तयार पार्ने प्रशिक्षक, व्यवस्थापक, तेक्वान्दो संघ र घरपरिवारलाई राष्ट्रका लागि योगदान गरेकोमा उनले धन्यवाद र बधाई दिए ।

पलेशाको परिवारलाई विशेष बधाई दिँदै प्रचण्डले एउटा अफ्ठ्यारो अवस्थाबाट गुज्रेर विश्वमा नाम राख्नु चानचुने विषय नभएको बताए ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  १२ : ५३ बजे

आज २०८२ साल पुस १३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १३ गते आइतबार तदनुसार

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि