केन्याको एउटा स्कुलमा आगलागी, १६ विद्यार्थीको मृत्यु | Khabarhub Khabarhub

केन्याको एउटा स्कुलमा आगलागी, १६ विद्यार्थीको मृत्यु


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नैरोबी- केन्याको एक विद्यालयमा आगलागी हुँदा १७ विद्यार्थीको मृत्यु भएको छ । बिहीबार राति न्येरी काउन्टीस्थित हिलसाइड एन्डराशा प्राइमरीमा आगलागी हुँदा १७ विद्यार्थीको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

आगलागीमा परेर मृत्यु हुने विद्यार्थीको संख्या बढ्न सक्ने आशंका गरिएको छ । आगोले पोलिएर गम्भीर घाइते भएका कयौं विद्यार्थीलाई अस्पतालमा भर्ना गरिएको छ ।

आगलागी भएको विद्यालय निजी बोर्डिङ हो । जहाँ ६ देखि १४ वर्षसम्मका बालबालिकाहरु अध्ययन गर्दै आएका थिए । समाचार एजेन्सी एएफपीका अनुसार उक्त विद्यालयमा झण्डै ८ सय बालबालिकाहरु अध्ययनरत थिए ।

केन्याको राष्ट्रपति विलियम्स रूटोले घटनालाई भयानक र विनाशकारी भन्दै छानबिनको आदेश दिइसकेका छन् । उनले घटनामा जिम्मेवार व्यक्तिलाई कडा कारबाही गरिने पनि बताएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  २ : २४ बजे

सेमिकण्डक्टरको क्षेत्रमा अमेरिकाले भारतसँग सहकार्य गर्ने

काठमाडौं – सेमिकण्डक्टर उत्पादनका लागि थप सम्भावना खोज्न अमेरिकाले भारतसँग

बहराइनले निष्कासित गरेका बलोच युवा कराँचीबाट बेपत्ता

काठमाडौं – बहराइनले निष्कासित गरेका एक जना बलोच युवा पाकिस्तानबाट

अनुदान कटौतीको विरोधमा पाकिस्तानमा प्रदर्शन

काठमाडौं – गहुँको पिठोको अभाव र अनुदान कटौतीको विरोधमा पाकिस्तानको

यस्तो छ रवि लामिछानेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित

१२ जिल्लाका सीडीओ फेरिए, को कहाँ ? (सूचीसहित)

काठमाडौं – गृह मन्त्रालयले ३६ जना उपसचिवको सरुवा गरेको छ