चितवनमा झडप : चार प्रहरी घाइते, दश प्रदर्शनकारी पक्राउ | Khabarhub Khabarhub

चितवनमा झडप : चार प्रहरी घाइते, दश प्रदर्शनकारी पक्राउ


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–  प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाईको माग गर्दै चितवन जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका समर्थकहरुमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

लामिछानेका समर्थकहरुले जिल्ला प्रहरी कार्यालयमा आइतबार साँझ ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि भएको झडपमा डिएसपीसहित चार प्रहरी घाइते भएका छन् । प्रहरीले दशजना प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते काठमाडौंबाट नियन्त्रणमा लिएको थियो ।

थुनामा रहेका लामिछानेसहितका तीनै जनालाई आइतबार जिल्ला अदालत चितनवमा अभियोग पत्र दायर गरेपनि बयान नसकिएका कारण पुनः प्रहरी हिरासतमै राखिएको छ ।

उनीहरुलाई पुनः हिरासतमै राखिएपछि लामिछानेका समर्थकहरु आक्रोशित बनेका थिए । आक्रोशित प्रदर्शनकारीले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।

गत साउन २० गते पुडासैनी चितवनको नारायणगढ बसपार्कस्थित एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ८ : ५३ बजे

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको

जितिया पर्वको निराहार व्रत आज

महोत्तरी– सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला

घाइते जेनजीलाई भेटेर प्रधानमन्त्रीले भनिन्- बंगारा झार्नुपर्थ्यो नि !

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले घाइते जेनजीलाई भेटेर बंगाला झार्नुपथ्र्यो