एपिएफले जित्यो ‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि « Khabarhub

एपिएफले जित्यो ‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा सम्पन्न लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब च्याम्पियन बनेको छ ।

लामाचौरको इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको भलिबल कोर्टमा आज सम्पन्न फाइनल प्रतिस्पर्धामा चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमण्ड काठमाडौँलाई ३–१ सेटमा हराउँदै एफिएफले उपाधि जितेको हो । विजेता एपिएफले नगद रु एक लाख ५० हजार ट्रफी र मेडल प्रमाणपत्र पुरस्कार पायो ।

पहिलो र दोस्रो सेट आफ्नो पक्षमा पारेको एपिएफले तेस्रो सेट भने गुमाएको थियो । उसले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२३ सेटमा जितेको थियो । तेस्रो सेट डायमण्डले २५–१३ मा जिते पनि चौथो एपिएफले २५–१० ले आफ्नो पक्षमा पार्न सफल भयो । प्रतियोगितामा उपविजेता बनेको न्यू डायमण्डले रु एक लाख एक सय ११ पुरस्कार पायो ।

प्रतियोगितामा बाग्लुङको गलकोट तृतीय भयो । उसले रु ५० हजार एक सय ११ पुरस्कार पायो । प्रतियोगितामा एपिएफकी जस्ना महतो बेस्ट सेटर, कविता भट्ट सर्भर, यमुना बराइली डिफेन्डर घोषित हुनुभयो । डायमण्डकी सुमित्रा रेग्मी ब्लकर र सलिना बुढामगर स्पाइकर घोषित भए्। प्रतियोगितामा एपिएफकी पूजा चौधरी ‘मस्ट भ्यालुयबल प्लेयर’ बनिन् ।

यसैगरी पुरषतर्फको फाइनल खेल भने आज रोकिएको छ । दुई विभागीय टोली एपिएफ र नेपाल पुलिसबीचको खेल ‘लाइट प्रोटेस्ट’ का कारण स्थगित गरिएको आयोजक संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिए।

उपाधि प्रतिस्र्धामा दुवै टोलीले समान एकरएक सेट जितेका थिए । एपिएफले पहिलो सेट २५–२३ ले जित्दा पुलिसले दोस्र्रो सेट समान २५–२३ ले जितेको थियो । पुरुषतर्फको फाइनल खेल शनिबार विहान सञ्चालन हुने आयोजकले जनाएको छ ।
(((

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  १० : १९ बजे

माग पुरा नभए भोलीदेखि सत्याग्रह सुरु गर्छु : गोविन्द केसी 

काठमाडौं– चिकित्सा शिक्षा सुधार अभियानका अभियन्ता प्रा. डा.गोविन्द केसीले आफ्ना

सलमानको बदलिएको स्वरूपले बढायो जिज्ञासा

काठमाडौं– बलिउड सुपरस्टार सलमान खान फेरि एकपटक चर्चाको केन्द्रमा छन् । 

इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

एजेन्सी– इरानसँग जारी युद्धमा हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी

विरोध प्रदर्शनका क्रममा पक्राउ परेका राहुल गान्धी रिहा

नयाँदिल्ली– विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता

मनसुन विपद् तयारीबारे सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा प्रस्ताव

काठमाडौं– प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण