देशका केही स्थानमा ठूलो वर्षाको सम्भावना | Khabarhub Khabarhub

देशका केही स्थानमा ठूलो वर्षाको सम्भावना


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ ।

यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती स्थानमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ४८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १८ मिनेटमा हुनेछ ।

 

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ६ : २० बजे

कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

सिरहा– सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक

१२ अंकले बढ्यो नेप्से, ९० वटा कम्पनीको सेयर मूल्य भने घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)१२.१७ अंकले बढेको छ ।

अन्तिम समयमा मिसिएका झलनाथालाई नयाँ पार्टीमा तेस्रो वरीयता र सह-संयोजक पद

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वमा बनेको कम्युनिस्ट घटकहरूको नयाँ पार्टीमा

स्वास्थ्य मन्त्रालयद्वारा महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर

वैदेशिक विभागद्वारा धरौटी अद्यावधिक गर्नेसम्बन्धी सूचना

काठमाडौं– वैदेशिक रोजगार विभागले जेन-जी प्रदर्शनका क्रममा भएको आगजनीका कारण