देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो « Khabarhub

देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवका अवसरमा शनिबार देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।  

हरितालिका तीजको भोलीपल्ट मनाइने गणेश चतुर्थीका अवसरमा देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । यसै अवसरमा भक्तपुरको सूर्यविनायक मन्दिरमा गणेश जन्मोत्सव जात्रा मनाइएको छ । सूर्यविनायक गणेश मन्दिरबाट गणेशको मूर्ति विराजमान खटलाई टोलटोलमा परिक्रमा गराइन्छ ।

सूर्यविनायक नगरपालिका–६ र ८ का बासिन्दाले सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरी मूल गणेशको मूर्तिलाई खटमा विराजमान गराई मा गणेश जन्मोत्सव जात्रा मनाएका हुन् ।

सूर्यविनायक मन्दिरमा नित्य पूजा गर्दै आउनुभएका पण्डित इश्वरप्रसाद भट्टराईले गणेशको जन्मोत्सवका अवसरमा विशेष पूजा गरिने र त्यसपछि गणेशको मूर्तिसहितको खटलाई नगर परिक्रमा गराउने परम्परा रहेको बताए ।

गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहण गरी सिन्दुर जात्रा गर्दै टोलटोलमा घुमाएर पुनःमन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिने परम्परा रहेको स्थानीयहरुको भनाइ छ । काठमाडौँ उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भनिन्छ । सो मन्दिरमा गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन रहेको छ । 

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  २ : २९ बजे

रोहित शेट्टीको घरबाहिर मध्यरातमा चल्यो गोली

काठमाडौं– बलिउडका सफल फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर आइतबार

आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश