कञ्चनपुरमा गिद्ध गणना « Khabarhub

कञ्चनपुरमा गिद्ध गणना


२२ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा आज कञ्चनपुरमा गिद्ध गणनाको कार्य भइरहेको छ ।  

नेपाल पन्छी संरक्षण सङ्घको आर्थिक सहयोगमा गिद्ध पाइने सम्भावित क्षेत्रमा गणकलाई खटाएर गणना  भइरहेको हो । अवलोकन, गणना र सचेतना प्रवाह गरी गिद्ध दिवस मनाउन लागिएको चरा विज्ञ हिरुलाल डगौराले बताए।

 उनका अनुसार गिद्ध गणना कार्यक्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा नेचर गाइड एशोसिएशन, एनटिएनसी, कञ्चनपुर चरा संरक्षण समूह, बेलौरी नगरपालिकास्तरीय युवा सञ्जाल लगायतका प्रतिनिधि सहभागी रहेका छन् । गिद्ध गणना बिहानदेखि सुरु गरिएको छ ।

 शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटा, भतपुरी, तारापुर, निकुञ्जको शुक्लाफाँटा घाँसे मैदानसँगै निकुञ्ज बाह्य क्षेत्रको बन्साहा, पर्सिया, कञ्ज, झिलमिला, बेलडाँडी, किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गणना गर्ने कार्यक्रम रहेको छ ।

 योसंगै कैलालीको खुटिया क्षेत्र र बेलीपतेला क्षेत्रमा पनि गणना भइरहेको छ । पाँचदेखि १० जनासम्मको टोलीमा गणकलाई विभाजन गरी गणना अगाडि बढाएको चरा विज्ञ डगौराले जानकारी दिएका छन् । 

‘गणकहरुलाई गिद्ध देख्न सकिने सम्भावित क्षेत्रमा पठाएका छौँ’, उनले भने, ‘एक ठाउँबाट गणना गर्नका लागि कम्तीमा आधा घण्टा बसेर गणना गर्छौ, हिँड्दा हिँड्दै गणना गर्नका लागि एक घण्टा प्रति किलोमिटरभन्दा कम चालमा गणनाको कार्य हुन्छ ।’

गणकहरुले गिद्धका प्रजाति छुट्टयाइ सङ्ख्याका साथै क्रियाकलाप (सिनो खाएको, घाम तापेको, पानी खाएको वा नुहाएको, आकाशमा उडेको, झगडा गरेको आदी) अभिलेख राख्ने कार्यसँगै गिद्धलाई हुन सक्ने खतरा र चुनौतीको अभिलेख गर्ने, गिद्धका प्रजाति र उमेर समूह पहिचान सहयोगको लागि पुस्तक, पोस्टर, मर्लिन एपको प्रयोग गरी फोटो तथा भिडियो खिच्ने कार्य गरिने बताईएको छ ।

गिद्ध गणनाका लागि बिहान ७ बजेदेखि ११ बजे र साँझ ३ बजेदेखि ६ बजेसम्मको समय निर्धारण गरिएको छ । यस अघिको सर्भेमा कञ्चनपुरमा गिद्धका एक सय २० बढी गुँड फेला परेका थिए । यसमध्ये लोपोन्मुख अवस्थामा पुगेको डंगर गिद्धका मात्रै एक सय १४ गुँड फेला परेका थिए ।

कञ्चनपुरमा तीन सयदेखि चार सयको हाराहारीमा गिद्ध रहेको चरा विज्ञहरुको अनुमान रहेको छ । नेपालमा नौ प्रजातिका गिद्धहरू पाइने जनाइएको छ । यसमा डंगर, सानो खैरो, सेतो हिमाली, लामो ठुडे, सुन, हाडफोर, खैरो र राज गिद्ध रहेका छन । 

प्रत्येक वर्षको सेप्टेम्बर महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइने गरिन्छ । नेपालमा सप्ताहव्यायी रुपमा १ देखि ७ सेप्टेम्बरसम्म गिद्ध दिवस मनाइँदै छ । 

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  ५ : ०६ बजे

राष्ट्रपतिसँग जापानका उपमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी

राष्ट्रपतिले लोकतन्त्रलाई कमजोर पारे : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाटै लोकतन्त्रलाई कमजोर

कञ्चनपुरमा धान उत्पादकत्व वृद्धि

कञ्चनपुर- : सुदूरपश्चिमको अन्नभण्डार मानिने कञ्चनपुर जिल्लामा यस वर्ष धान

एनपीएलको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १ सय ५६ रनको लक्ष्य

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीकाे शिष्टाचार भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो