विपक्षी नेताले शरण लिएको भन्दै भेनेजुएलाको अर्जेन्टिनी दूतावासमा सुरक्षा बलको घेराबन्दी « Khabarhub

विपक्षी नेताले शरण लिएको भन्दै भेनेजुएलाको अर्जेन्टिनी दूतावासमा सुरक्षा बलको घेराबन्दी


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भेनेजुएलाको सुरक्षा बलले राजधानी काराकसमा रहेको अर्जेन्टिनी दूतावासलाई घेराबन्दी गरेको छ ।

अर्जेन्टिनाको यो दूतावासमा राष्ट्रपति निकोलस मदुरोविरोधी छ जना विपक्षी नेताहरूले शरण लिएको भन्दै  सुरक्षा बलले घेराउ गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

भेनेजुएलाका विपक्षी दलका नेताहरूले पनि सामाजिक सञ्जालमा दूतावास भवन वरपर रहेका गुप्तचर सुरक्षाकर्मीको फोटो र भिडियो पोस्ट गरेका छन् । भवनमा शरण लिएका विपक्षी नेताहरूले मदुरोले उनीहरूलाई घेराबन्दीमा राखेको बताउँछन् ।

भेनेजुएलामा भएको राष्ट्रपति चुनावपछि अर्जेन्टिनासँगको सम्बन्ध टुटेको थियो । त्यसयता अर्जेन्टिनाको दूतावास ब्राजिलको रेखदेखमा थियो । तर, शनिबार भेनेजुएला सरकारले ब्राजिलले अर्जेन्टिनाको दूतावासको मर्मत सम्भारको व्यवस्था पनि खारेज गरेको छ ।

भेनेजुएला निर्वाचन परिणाम शंकास्पद मानिने देशहरूको सूचीमा परेको छ । विपक्षी दलहरूले भनेका छन्, उनीहरूको उम्मेदवार एडमन्डो गोन्जालेजले राष्ट्रपति चुनाव जितेका थिए, तर पश्चिमी देशहरूले उनलाई मान्यता दिन अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १२ : १९ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको