एकताको १५ महिनापछि पहिलोपटक प्रचण्डको अध्यक्षतामा नेकपा बैठक « Khabarhub

एकताको १५ महिनापछि पहिलोपटक प्रचण्डको अध्यक्षतामा नेकपा बैठक


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार(आज) सचिवालय बैठक बोलाएका छन् ।

पार्टी एकताको १५ महिनापछि पहिलोपटक प्रचण्डको अध्यक्षतामा आज सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्ने भनिए पनि विहान ११ बजे सारिएको छ ।

बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, टुंगो लागेका कमिटीलाई सक्रिय बनाउने र जागरण अभियानको विषयमा छललफल गरिने एजेण्डा राखिएको नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ बताए ।

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर रहेकाले पहिलो पटक एक अध्यक्षको अनुपस्थितमा अर्का अध्यक्षको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

आन्तरिक पार्टी विवाद मिलाउने उद्देश्यले बैठक बोलाइएको बुझिएको छ । गत बिहीबारको सचिवालय बैठकमा ओली र अर्का बरिष्ठ नेता माधवकुमार नेपालबिच व्यक्तिगत तहमा भनाभन भएपछि नेकपा भित्रको बिबाद थप उत्कर्षमा पुगेको छ । अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत छलफल गर्दै सचिवालय बैठक बोलाएका हुन् ।

झन्डै १५ महिना पछि बैठकको अध्यक्षता गर्नेसम्म अधिकार पाएका दाहालले नेकपा भित्रको बिबाद ओली उपचार गरेर स्वदेश फर्कनु अगावै सल्टयाउने प्रयास गरिरहेको छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि सिंगापुर जानु अघि नै सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १५ महिना बित्दा समेत अहिलेसम्म पोलिटव्यूरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटीसहित केही केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लाग्न बाँकी छ।

सचिवालय, केन्द्रीय कमिटिी, प्रदेश कमिटी, जनवर्गीय संगठनको नेतृत्व जिम्मेवारी बाँडफाटलगायतका एकताका काम सकिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ६ : १९ बजे

जुवाखालबाट २७ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न ठाउँमा जाँचका क्रममा जुवातास खेलिरहेको

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री

छुरा प्रहारबाट युवकको हत्या

काठमाडौँ । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु

एनपीएलको दुवै सिजनको आय–व्यय पारित

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा