महोत्तरीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु « Khabarhub

महोत्तरीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–३ इँटाटार गाउँमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नौ वर्षीया जियासिंह महतो रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

तीन साथीसँग साइकलमा जनता आधारभूत विद्यालय इँटाटार जाने क्रममा तीव्र गतिमा आएको ज २ त २० नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । जियासिंह कक्षा ३ मा अध्ययनरत थिइन् ।

सोही घटनामा परेर अन्य दुई बालिका सामान्य घाइते भएका छन् । घाइते हुनेमा गौशाला–३ इटाटारका १२ वर्षीय सुरज महतो र ६ वर्षीया हंसिका महतो रहेका छन् । ठक्कर दिएर फरार भएका ट्याक्टर चालक प्रेमचन्द्र महतोलाई गौशालाबाट पक्राउ गरिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १० : ०७ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा