महोत्तरीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु | Khabarhub Khabarhub

महोत्तरीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–३ इँटाटार गाउँमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नौ वर्षीया जियासिंह महतो रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

तीन साथीसँग साइकलमा जनता आधारभूत विद्यालय इँटाटार जाने क्रममा तीव्र गतिमा आएको ज २ त २० नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । जियासिंह कक्षा ३ मा अध्ययनरत थिइन् ।

सोही घटनामा परेर अन्य दुई बालिका सामान्य घाइते भएका छन् । घाइते हुनेमा गौशाला–३ इटाटारका १२ वर्षीय सुरज महतो र ६ वर्षीया हंसिका महतो रहेका छन् । ठक्कर दिएर फरार भएका ट्याक्टर चालक प्रेमचन्द्र महतोलाई गौशालाबाट पक्राउ गरिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १० : ०७ बजे

नयाँ बसपार्कबाट तीनसय बढी सार्वजनिक सवारीसाधन उपत्यका बाहिरिए

काठमाडौं – काठमाडौं गोँगबुस्थित नयाँबसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन

बालसुधारगृहबाट भागेका ४८ जना पक्राउ

बाँके – जिल्लाका दुई बालसुधारगृह र एउटा कारागारबाट भागेका तीन

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको