भेनेजुएलाका विपक्षी नेता गोन्जालेज देशबाट भागेर स्पेन पुगे | Khabarhub Khabarhub

भेनेजुएलाका विपक्षी नेता गोन्जालेज देशबाट भागेर स्पेन पुगे


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भनेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छोडेका छन् । गोन्जालेजले आइतबार भेनेजुएला छाडेर स्पेनमा राजनीतिक शरण लिएका हुन् ।

भेनेजुएला छोड्नुअघि गोन्जालेज धेरै हप्तासम्म कराकसको स्पेनी दूतावासमा लुकेका थिए । जुलाई २८ मा भएको राष्ट्रपति चुनावको नतिजा आएपछि भेनेजुएलामा राजनीतिक उथलपुथल भएको छ । चुनावी नतिजामा निकोलस मदुरो विजयी घोषित भएका थिए ।

चुनावमा धाँधली भएको भन्दै नतिजा अस्वीकार गरेका गोन्जालेजलाई पक्राउ गर्न अदालतले आदेश दिएको थियो । स्पेन पुगेपछि गोन्जालेजले अडियो सन्देश जारी गर्दै लोकतन्त्र र जनताको स्वतन्त्रताका लागि लडाइँ जारी राख्ने बताएका छन् ।

गोन्जालेज स्पेन जानुअघि उनको गिरफ्तारीको वारेन्ट जारी गरिएको थियो । उनीमाथि सरकारविरुद्ध षड्यन्त्र र अन्य गम्भीर आरोप लगाइएको थियो।

भेनेजुएलाका विपक्षी नेता मारिया कोरिनाले सामाजिक सञ्जालमा आफ्नो ज्यान खतरामा परेकाले गोन्जालेजले देश छाड्नुपरेको लेखेकी छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १२ : ३९ बजे

शावित्राको आँशु : बहुविवाह गर्ने प्रहरीलाई कारबाही होस्

काठमाडौं – प्रहरी परिसर भक्तपुरमा कार्यरत भरत बस्नेतले बहुविवाह गरेको

व्यावसायिक अकबरे खुर्सानीखेती फस्टाउँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी

रातो खुर्सानीले सजिएको खोकना (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष साउन महिनामा ललितपुरको खोकना रातो खुर्सानीको घुम्टो

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । 

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ– मध्यपहाडी लोकमार्गअन्तर्गत मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा सुक्खा पहिरो