दीक्षान्त रोकिएकोमा आपत्ति जनाउँदै सुमनाले उठाइन् प्रधानमन्त्रीमाथि प्रश्न « Khabarhub

दीक्षान्त रोकिएकोमा आपत्ति जनाउँदै सुमनाले उठाइन् प्रधानमन्त्रीमाथि प्रश्न


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरूको दीक्षान्त समारोह रोकिएकोप्रति आपत्ति जनाएकी छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले ओली शासनमा विद्यार्थीहरूले दीक्षान्त समारोहमा कहिले भाग लिन पाउँछन् भन्दै सरकारले शिक्षा क्षेत्रलाई राजनीतिकरण गरेर अस्तव्यस्त बनाएको आरोप लगाएकी छन् ।

उनले भनिन्- ‘कृषि तथा वन विज्ञान विश्व विद्यालयमा ११ दिन भयो जाँच नभएको । चलिरहेको जाँच बन्द हुँदा १४ सयभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । अब चार वर्षमा सकिने स्नातक तह कति वर्षमा सकिने हो ? विश्वविद्यालय पठन पाठनको क्षेत्र कम पार्टीहरूको पार्टी प्यालेस बढी हुन थालेको छ । एउटा प्रमको पार्टी र एउटा गृहमन्त्रीको पार्टी, दुईवटा विद्यार्थी संगठनको लडाईमा पढ्छु भन्ने विद्यार्थीले जाँच पनि दिन नपाउने, विद्यार्थीहरूलाई हामीले के गर्न सिकाउँदै छौँ । न पढ्न दिन्छौँ, पढेर जेन तेन जाँच दिन पनि दिन व्यवस्था मिलाउँदैनौँ, त्यसपछि दीक्षान्त समारोह पनि रोकिदिन्छौ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइतबार दीक्षान्त नै रोकियो । मलाई त प्रधानमन्त्री कार्य क्षमतामा पटक पटक प्रश्न उठिरहेको छ । विद्यार्थीको जीवनमा यस्ता जाँचमा खेलबाड नगरियोस् । बरु राणा शासनमा एउटा विद्यालय खोलियो भनेर भन्छन् तर ओली शासनमा इतिहासले कसरी लेख्छ, त्यो हेर्न बाँकी छ । यो ओली शासनमा कृषि विद्यालयका विद्यार्थीको जाँच कहिलेदेखि हुन्छ ? कर्णालीका विद्यार्थीको दीक्षान्त समारोह कहिले हुन्छ ?’

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  २ : ३१ बजे

अमेरिका-इरान वार्ता: ‘हतारिएर सम्झौता नगर्न’ वार्ता टोलीलाई ट्रम्पको निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा ‘हतार नगर्न’

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १

नेपाल बुद्धिचाल महासंघको नेतृत्वमा दिपेन राई

काठमाडौँ – नेपाल बुद्धिचाल महासंघको विशेष साधारणसभाले पुरानो कार्यसमितिप्रति अविश्वास

रोगभन्दा औषधि अभावले बढी पिरोलिँदै क्यान्सरका बिरामी

काठमाडौँ- बजारमा क्यान्सर रोगको उपचारका लागि आवश्यक औषधिको चरम अभाव

आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने

काठमाडौँ – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को