सरकार सर्वोच्चको फैसला पुनरवलोकनमा जानुपर्छ : सांसद केसी | Khabarhub Khabarhub

सरकार सर्वोच्चको फैसला पुनरवलोकनमा जानुपर्छ : सांसद केसी


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दलका सांसदहरूले नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलाविरुद्ध पुनरावलोकन जान सरकारलाई सुझाव दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा उनीहरूले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाले लाखौँ जनतालाई असर पर्ने भएकाले पुनरावलोकन जान सरकारलाई सुझाव दिएका हुन् ।

बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले अदालतको फैसलाले लाखौँ जनतालाई असर पर्ने र उक्त आदेश न्यायोचित, वस्तुपरक नरहेकाले पुनरावलोकन जान सरकारलाई सुझाव दिए ।

सर्वोच्चको फैसलाले २०६५ सालमा मा सरकारले तोकेको मापदण्डअनुसार स–साना घर–घडेरी किनेर बसेका जनतामाथि अन्याय भएको उनले बताए । केसीले अधिग्रहण गर्दा मुआब्जा देऊ भन्ने विषय भन्ने आदेशप्रति सम्मान भए पनि मुआब्जाका नाममा जनताले निकै अघि देखिनै समस्या भोगिरहेको स्मरण गरे।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : ३८ बजे

कर्णालीका स्थानीय तहलाई बजेट कार्यान्वयन गर्न निर्देशन

काँक्रेविहार– कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयले यहाँका ७९ वटा

तनहुँका सडक स्तरोन्नतिमा ढिलाइ

तनहुँ– तनहुँको व्यास र शुक्लागण्डकी नगरपालिकाका दुई सडक स्तरोन्नतिमा ढिलाइ

१५ वर्षदेखि दुग्धेश्वरनाथको धर्मशाला निर्माण अधुरो

पर्सा– पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला

िावित्राको आँशु : बहुविवाह गर्ने प्रहरीलाई कारबाही होस्

काठमाडौं – प्रहरी परिसर भक्तपुरमा कार्यरत भरत बस्नेतले बहुविवाह गरेको

व्यावसायिक अकबरे खुर्सानीखेती फस्टाउँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी