दुवै प्रहरीसम्बन्धी विधेयक चाँडै मन्त्रिपरिषद्‍मा लैजान्छु : गृहमन्त्री | Khabarhub Khabarhub

दुवै प्रहरीसम्बन्धी विधेयक चाँडै मन्त्रिपरिषद्‍मा लैजान्छु : गृहमन्त्री


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पारेका छन्  ।

उनले आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीलाई गृह मन्त्रालय बोलाएर विधेयकको मस्यौदाबारे छलफल गरेका थिए । आइतबार नै गृहमन्त्री लेखकले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेका थिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कानुनमा संशोधन विधेयकमाथि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको उपस्थितिमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै सङ्गठनका प्रमुखसहित छलफल भएको थियो ।

बालुवाटारमा नयाँ कानुन निर्माण गर्ने विधेयकबारे सकारात्मक र परिणाममुखी छलफल भएको गृहमन्त्री लेखकले बताए । मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकको मस्यौदा राय–परामर्शका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।

नेपाल प्रहरीको विधेयकको मस्यौदा दुई साताअघि तथा सशस्त्र प्रहरी बलको विधेयकको मस्यौदा बिहीबार पठाएको उनले जानकारी दिए ।

गत साउन तेस्रो साता नै प्रहरी प्रधान कार्यालयमा प्रहरीसम्बन्धी विधेयकको मस्यौदा टुङ्ग्याउनु अघि गृहमन्त्री लेखकले प्रहरीका उच्च अधिकारीसँग राय लिएका थिए ।

उनले विधेयकको मस्यौदा तयार गर्दा नेपाल प्रहरीका पूर्व प्रमुखहरूको पनि राय–सुझाव लिएका थिए। यस्तै सशस्त्र प्रहरी बलको विधेयकको मस्यौदा टुङ्गो लगाउनुअघि गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी बलको मुख्यालय पुगेर उच्च अधिकारीसँग राय सुझाव लिएका थिए ।

‘चाँडै नै प्रहरी ऐनलाई संसदमा लैजाने तयारी छ’, गृहमन्त्री लेखकले भने । अर्थ मन्त्रालयबाट सहमति आएपछि चाँडै कानुन मन्त्रालय पठाउने तथा मन्त्रिपरिषद्मा लैजाने उनले जानकारी दिए।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ५ : १८ बजे

रुसद्वारा पुटिन–ट्रम्प शिखर सम्मेलनका लागि समयसीमा तय नगरेको पुष्टि

एजेन्सी- रुसले युक्रेन युद्धसम्बन्धी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी

पटकासहित एक जना पक्राउ

पर्सा– वीरगन्ज महानगरपालिका-१ बाट करिब १ लाख ३९ हजार ९ सय

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर