गणेश महोत्सव समापन गरिँदै « Khabarhub

 गणेश महोत्सव समापन गरिँदै


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्री गणेश युवा समिति काठमाडौँद्वारा आयोजित तीन दिने गणेश महोत्सव भगवान् गणेशको विशेष पूजा आराधनासहित आज समापन गरिँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीका रूपमा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीले विशेष पूजाआर्चना गरी मनाउने गर्दछन् ।

समितिले बत्तीसपुतलीमा गणेशका मूर्ति स्थापना गरेर शनिबारदेखि तीन दिनसम्म विशेष पूजा आराधनासहित महोत्सव मनाएको समितिका अध्यक्ष मुकेश साहले बताए ।

महोत्सवमा पूजा गर्न भक्तजनको घुइँचो लागेको थियो । गणेशलाई लड्डु (मोदक) चढाएर आफ्नो मनोकामना पूरा हुने जनविश्वासअनुसार अधिकांश भक्तजन लड्डु बोकेर महोत्सवमा पुगेका अध्यक्ष साहले जानकारी दिए ।

कुनै पनि धार्मिक कार्य सुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । तीन दिनसम्म भक्तजनले गणेशको पूजा गरी दिनभर नाचगान र व्रत बसेका थिए । कुनै कार्य थालनी गर्नुअघि विघ्न बाधा उत्पन्न नहोस् भनेर हिन्दू धर्मसंस्कारमा भगवान् श्री गणेशको आराधना र स्मरण गर्ने प्रचलन रहेको छ ।

हिन्दू वैदिक विधिअनुसार स्थापना गरिएको गणेशका मूर्तिलाई आज साँझ गौरीघाट नजिक बागमती नदीमा लगेर विसर्जन गरिने अध्यक्ष साहले बताए । मूर्ति विसर्जनका बेला भक्तजनले ठूलो लस्कर निकाल्ने तयारी गरेका उनले जानकारी दिए ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ४ : ४५ बजे

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)