प्रधानसेनापति सिग्देलले जंगीअड्डा पुगेर सम्हाले कार्यभार « Khabarhub

प्रधानसेनापति सिग्देलले जंगीअड्डा पुगेर सम्हाले कार्यभार


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार पदभार सम्हालेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार पद तथा गोपनीयताको सपथका साथै दर्ज्यानी चिह्न ग्रहण गरेपछि प्रधासेनापति सिग्लेलले जंगीअड्डामा पदभार ग्रहण गरेका हुन्।

सैनिक परम्पराअनुसार नवनियुक्त प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ।

त्यसैगरी उनले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धान्जली अर्पण पनि गरेका छन् ।

२०२३ माघ १९ गते रुपन्देहीमा जन्मिएका प्रधानसेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए ।

२०८१ श्रावण २५ गतेबाट उनले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । यसअघि सेनाको नेतृत्व प्रभुराम शर्माको कमान्डमा थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ५ : ४८ बजे

बालाजुमा सडक पिच गर्ने चटारो (तस्बिरहरू)

काठमाडौं– चोकदेखि प्रहरी चौकीसम्मको सम्पूर्ण सडक कालोपत्र सम्पन्न भएको छ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा

काभ्रे– स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका आठ अस्पतालबाट प्रथम सेवा प्रदान

वैदेशिक रोजगारीमा रहेकालाई आजदेखि रिलायन्सको साधारण सेयर बिक्री

काठमाडौं– वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स