जी सेभेन शिखर बैठकमा इरानी विदेशमन्त्रीको अनपेक्षित सहभागिता, अमेरिका आश्चर्यचकित « Khabarhub

जी सेभेन शिखर बैठकमा इरानी विदेशमन्त्रीको अनपेक्षित सहभागिता, अमेरिका आश्चर्यचकित


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानका विदेशमन्त्रीले फ्रान्समा भएको जी सेभन सम्मेलनमा भ्रमण गरेपछि अमेरिकी प्रतिनिधिमण्डल आश्चर्यचिकत भएको छ।

पहिले घोषणा नगरिएको भएपनि इरानका विदेश मन्त्रीले जी सेभेनको सम्मेलनमा संक्षिप्त भ्रमण गरेका थिए ।

विश्वका ठूलो अर्थतन्त्र भएका सात राष्ट्रको उक्त सम्मेलनमा इरानका विदेशमन्त्री जावेद जरिफ सहभागी भए जसमा अमेरिकी राष्ट्रपतिसहित विश्व नेताहरू भेला भएका थिए ।

बीबीसीका अनुसार अमेरिकी प्रतिनिधिमण्डल जरिफको भ्रमणबाट आश्चर्यचिकत भएको छ । अमेरिकाको इरानसँग तनाव चुलिएका बेला जरिफले राष्ट्रपति ट्रम्प सहभागी भएकै सम्मेलनमा सहभागिता जनाएका हुन् । जरिफले सामाजिक सञ्जाल ट्विटरमा फ्रान्सका समकक्षी र राष्ट्रपति दुवैसँग आफ्ना रचनात्मक वार्ता भएको बताएका छन्।

“अगाडिको बाटो कठिन छ तर प्रयास गर्नुपर्ने पनि छ,” आइतवार साँझ उनले लेखेका छन् । उनले ट्विटरमै आफूले जर्मनी र ब्रिटेनका अधिकारीहरूसँग पनि सङ्क्षिप्त भेटघाट गरेको उल्लेख गरेका छन्।

जरिफले फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँसँग सम्मेलनको पूर्वसन्ध्यामा शुक्रवार पेरिसमा भेटेका थिए।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : ३६ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक