उपसभामुखलाई गोकुलको सुझाव- आफूलाई सही सावित गर्न पदबाट राजीनामा दिनू | Khabarhub Khabarhub

उपसभामुखलाई गोकुलको सुझाव- आफूलाई सही सावित गर्न पदबाट राजीनामा दिनू


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले आफूलाई सही प्रमाणित गर्न राजीनामा दिएर छानबिनका लागि मार्गप्रसस्त गर्न उपसभामुख इन्दिरा राना मगरलाई सुझाव दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै बास्कोटाले बिभिन्न व्यक्तिलाई अमेरिका पठाउने प्रसंगमा उपसभामुखमाथि गम्भीर प्रश्न उठेकाले आफूलाई सही प्रमाणित गर्न राजीनामा दिएर छानबिनको ढोका खोलिदिन सुझाव दिएका हुन् ।

लोकतन्त्रमा सबैमाथि प्रश्न उठाउन पाइने र प्रश्नको सामना गर्दै आफूलाई सही प्रमाणीत गर्ने बाटो पनि रहेको पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले बताए ।

आफूमाथि प्रश्न उठ्दा राजीनामा दिएर अनुसन्धान गर्ने बाटो खुल्ला गरेको स्मरण पनि बास्कोटाले गरेका छन् । प्रश्न उठिसकेपछि सामना गर्ने साहस र आँट राजनीतिक व्यक्तिमा हुनुपर्ने पनि उनले बताए ।

उनले सांसदहरूमाथि नै प्रश्न उठ्दा के गर्ने भन्ने अलमल हटाउन कानून बनाउनुपर्नेमा जोड दिए । उपसभामुखबारे सरकारले कुनै निर्णय गरे-गरेन भन्ने कुरा सरकारको नभई संसदको बिजनेस भएको उनले बताए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ३ : ०० बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन