भारतमा पनि एमपक्सको सङ्क्रमण पुष्टि « Khabarhub

भारतमा पनि एमपक्सको सङ्क्रमण पुष्टि


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भारतमा मंकीपक्स अर्थात् एमपक्सको सङ्क्रमण पुष्टि भएको छ। 

हरियाणाको हिसारका एक २६ वर्षीय पुरुषमा एमपक्स देखिएको हो । बिरामीलाई शनिबार दिल्लीको एलएनजेपी अस्पतालमा भर्ना गरिएको बताइएको छ । ती युवक विदेशबाट फर्किएका थिए । उनी एमपक्सको सङ्क्रमण भएको देशबाट फर्किएको बताइएको छ ।

आइसोलेसनमा राखेर अहिले बिरामीको उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्थिति स्थिर रहेको छ अनि उनमा अन्य कुनै रोग देखिएको छैन । 

उनलाई देखिएको एमपक्स वेष्ट अफ्रिकन क्लेडभ्यारिएन्टको भएको स्वास्थ्य मन्त्रालयले एउटा विज्ञप्तिमा भनेको छ । पछिल्लो समय यो भेरियन्ट विश्वभरि द्रुत गतिमा फैलिरहेको छ ।

एमपक्सको सङ्क्रमण पुष्टि भएपछि भारतले सरकारले सबै राज्य र केन्द्र शासित प्रदेशका लागि एडभाइजरी जारी गरेको छ । कंगोमा एमपक्सको नयाँ भ्यारिएन्ट देखिएको अनि सङ्क्रमण बढेको स्थितिमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अगष्ट १४ मा एमपक्सलाई उच्च अलर्टमा राखेको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ४ : १६ बजे

नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन– सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ

बार एसोसिएसनको बैठक बस्दै, प्रधानन्यायाधीशमा भएको सिफारिसबारे धारणा तय गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दैछ । बैठक

आठ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम– भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित,

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी