करदाता सेवा कार्यालय चरिकोटबाट ३४ करोड बढी राजस्व संकलन  « Khabarhub

करदाता सेवा कार्यालय चरिकोटबाट ३४ करोड बढी राजस्व संकलन 


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोलखा– आन्तरिक राजस्वको कार्यालय, करदाता सेवा कार्यालय चरिकोटबाट गत आर्थिक वर्ष २०८०/०८१ मा ३४ करोड बढी राजस्व संकलन भएको छ ।

कार्यालयले विभिन्न राजस्व शीर्षक तथा उपशीर्षक मार्फत ३४ करोड ७५ लाख ५५ हजार तीन सय सात रुपैयाँ राजस्व संकलन गरेको करदाता सेवा कार्यालय चरिकोटकी कर अधिकृत सम्झना गौतमले बताइन् ।

कार्यालयले आय कर- व्यक्तिगत फार्मबाट छ करोड ३६ लाख ७६ हजार चार सय, पारिश्रमिक आयकरबाट २ करोड ४५ लाख दुई हजार आठ सय, पुँजीगत लाभ कर व्यक्तिगतबाट १ करोड २५ लाख ८२ हजार नौ सय,आकस्मिक लाभकरबापत ४ लाख ५२ हजार तिन सय,आयकर सरकारी प्रतिष्ठानहरूबाट ३० हजार पाँच सय राजस्व संकलन भएको अधिकृत गौतमले बताइन् ।

त्यसैगरी पब्लिक आयकर बापत चार लाख ६७ हजार, प्रालि करबापत १ करोड ९७ लाख एघार हजार,अन्य निकायबाट ७९ लाख ५७ हजार, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबापत ३ करोड ८४ लाख २१ हजार तिन सय,बहाल करबापत ८० लाख ८३ हजार राजस्व संकलन भएको छ ।

त्यस्तै परामर्श तथा ठेक्का करबापत ६ करोड ६ लाख ७४ हजार,पर्यटन सेवा कर बापत ६ लाख ६० हजार,वस्तु बिक्री तथा वितरण कर बापत ४ करोड १४ लाख २४ हजार राजस्व जम्मा भएको हो ।

त्यसैगरी ब्याज कर बापत  ४ करोड २२ लाख आठ हजार, अन्तःशुल्क मदिराबाट  ४४ लाख २१ हजार,सुर्तीजन्य पदार्थबाट ४ लाख ६९ हजार राजस्व जम्मा भएको कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्यांक अनुसार आयकर बापत १७ करोड ३ लाख ६० हजार, बहाल कर बापत ८० लाख ८३ हजार,ब्याज कर बापत ४ करोड २२ लाख आठ हजार गरी जम्मा २२ करोड ६ लाख ५३ हजार आयकर जम्मा भएको हो ।

त्यस्तै मु.अ.कर (आन्तरिक)अन्त शुल्क आन्तरिक बापत १२ करोड ६९ लाख एक हजार  जम्मा ३४ करोड ७५ लाख ५५ हजार तिन सय रुपैयाँ राजस्व संकलन भएको छ। सो मध्ये बैंक भौचरबाट २० करोड ४९ लाख ८८ हजार चार सय, ई पेमेन्टबाट १४ करोड २५ लाख ६६ हजार आठ सय रुपैयाँ जम्मा भएको थियो ।
-सुबास बस्नेत

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ७ : ०५ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय