विश्वकप छनोट : अर्जेन्टिना कोलम्बियासँग पराजित « Khabarhub

विश्वकप छनोट : अर्जेन्टिना कोलम्बियासँग पराजित


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना कोलम्बियासँग पराजित भएको छ। गएराति भएको खेलमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई २-१ ले गोल अन्तरले पराजित गरेको हो।

खेलको २५औं मिनेटमा कोलम्बियाका लागि यरसन मोस्केराले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुमै खेलको ४८ औं मिनेटमा अर्जेन्टिनाका लागि निको गोन्जालेले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए। तर त्यो बराबरी १२ मिनेट भन्दा बढी टिक्न सकेन।

खेलको ६०औं मिनेटमा जेम्स रोड्रिग्वेजले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई २-१ को अग्रता दिलाएका हुन्। त्यसपछि अर्जेन्टिनाले गोल गर्न नसक्दा कोलम्बिया विजयी भएको हो।

यो जितसँगै कोलम्बियाले ८ खेलबाट १६ अंक जोडेको छ। कोलम्बिया तालिकाको दोस्रो स्थानमा पुगेको छ। अर्जेन्टिना भने १८ अंकसहित शीर्ष स्थानमा कायमै छ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ९ : १९ बजे

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर – बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश