कांग्रेस-एमाले उपसभामुख हटाउन जुट्दा सर्‍यो संवैधानिक परिषद् बैठक « Khabarhub

कांग्रेस-एमाले उपसभामुख हटाउन जुट्दा सर्‍यो संवैधानिक परिषद् बैठक


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संवैधानिक परिषद्को बैठक शुक्रबारलाई सरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ ५ बजेका लागि बोलाएको परिषद्को बैठक शुक्रबारका लागि सारिएको हो ।

सर्वोच्च अदालतका नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक डाकिएको थियो ।

तर, प्रमुख सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले उपसभामुख इन्दिरा राना मगरलाई संसद्‍को दुईतिहाइ बहुमतबाट हटाउन जुटेपछि संवैधानिक परिषद् सारिएको हो ।

उपसभामुख रानामगर पनि संवैधानिक परिषद्की सदस्य हुन् । उनलाई हटाउन कांग्रे‍स र एमालेले मंगलबारदेखि नै प्रक्रिया अघि बढाइसकेका छन् । मंगलबार कांग्रेस र एमालेसहित सत्तारुढ दलका सांसदहरूको हस्ताक्षर पनि संकलन गरिएको छ ।

सम्भवत: बिहीबार उपसभामुख रानामगरलाई हटाउने दुईतिहाइ सांसदको हस्ताक्षरसहितको प्रस्ताव संसद्‍मा दर्ता हुने छ । बिहीबार रानागमगरलाई बिदा गरिसकेपछि शुक्रबार संवैधानिक परिषद् बैठक राख्ने योजना कांग्रेस-एमालेले बनाएका हुन् ।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यहरूमा प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलको नेता, प्रतिनिधि सभाका उपसभामुख र प्रधानन्यायाधीश संवैधानिक रहने व्यवस्था छ ।

न्याय परिषद्ले गत भदौ २० गते ८ न्यायाधीशको नाम परिषद्‍मा पठाएको थियो । बुधबारको बैठकले प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतको नाम सिफारिस गर्ने तयारी थियो । वर्तमान प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ आगामी असोज २० गतेदेखि अवकाश जाने भएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १२ : ४१ बजे

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच