उपसभामुख रानामगरलाई हटाउने चर्चाबीच रास्वपा सचिवालय बैठक « Khabarhub

उपसभामुख रानामगरलाई हटाउने चर्चाबीच रास्वपा सचिवालय बैठक


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बसिरहेको छ ।

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारीमा सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा एमाले जुटेपछि यसबारे धारणा बनाउन रास्वपाल सचिवालय बैठक बसेको हो ।

सत्तारुढ दलहरूले उपसभामुख रानामगरलाई हटाउने तयारी गरिसकेका छन् । यसबारेमा पार्टीको आधिकारिक धारणाका लागि सचिवालय बैठक बसेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

सम्भवत: बिहीबार उपसभामुख रानामगरलाई हटाउने दुईतिहाइ सांसदको हस्ताक्षरसहितको प्रस्ताव संसद्‍मा दर्ता हुने छ । बिहीबार रानागमगरलाई बिदा गर्ने योजनामा सत्तारुढ दल जुटेका छन् ।

सत्तारुढ दलहरूले संवैधानिक परिषद्मा बहुमत बनाउन यो तयारी गरेका हुन् । इन्दिरा रानामगर रास्वपाकी समानुपातिक सांसद हुन्। उनले अमेरिकी दूतावासमा भिसाका लागि पत्र लेखेर देशकै बेइज्जत गरेको तर्क दुई ठूला दलको छ ।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यहरूमा प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलको नेता, प्रतिनिधि सभाका उपसभामुख र प्रधानन्यायाधीश संवैधानिक रहने व्यवस्था छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १२ : ५३ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको