रविले भने- पोखरामा कालोझन्डा सहकारी पीडितको पीडा हो, छलफल गर्न तयार छु « Khabarhub

रविले भने- पोखरामा कालोझन्डा सहकारी पीडितको पीडा हो, छलफल गर्न तयार छु


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने काम गलत हुने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेलाई दुईतिहाइ शक्तिको दुरुपयोग नगर्न ध्यानाकर्षण गरेको बताए ।

यस बिषयमा सत्तापक्षका नेताहरूको पनि ध्यानाकर्षण गराइएको उनले बताए । लामिछानले सहकारी प्रकरणमा आफूमाथि लगाएको आरोपविरुद्ध बोल्ने ठाँउ रहेको जिकिर गरे ।

उनले सहकारी पीडितहरूको समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिएका छन् ।

पोखरामा आफूलाई देखाइएको कालोझण्डा सहकारी पीडितको पीडा रहेको भन्दै खुल्ला छलफल गर्न तयार रहेको लामिछानेले बताए ।

लामिछानले दुईतिहाइ बहुमतको बलमा सदनमा कुनै अप्रिय काम गर्न खोज जनताले प्रतिकार गर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १ : ४१ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका