बीमाकर्ताले जुनसुकै उपचार केन्द्रमा सेवा पाउनुपर्छ : सांसद पोखरेल « Khabarhub

बीमाकर्ताले जुनसुकै उपचार केन्द्रमा सेवा पाउनुपर्छ : सांसद पोखरेल


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सांसद ऋषिकेश पोखरेल स्वास्थ्य बीमा भएका व्यक्तिले जुनसुकै स्वास्थ्य केन्द्रमा अनुकूलता अनुसार उपचार गर्न पाउने गरी व्यवस्था गर्नुपर्ने माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले स्वास्थ्य बीमामार्फत देशभरी उपचारमा संलग्न बिरामीलाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

‘हरेक पालिकाको स्वास्थ्य केन्द्रमा गएका बिरामीले त्यहाँबाट अन्यत्र पठाइदिनुपर्‍यो भन्दै आएका छन्, स्वास्थ्य बीमाका कारण अहिले हजारौँ जनताले दुःख पाइरहेका छन्, यसतर्फ सरकारको ध्यान जान जरुरी छ’, सांसद पोख्रेलले भने । 

सांसद हितराज पाण्डे र मनिष झाले पूर्वसभामुख स्व सुवासचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा पुर्‍याएको योगदानबारे संसद्‌मा स्मरण गरे। 

सांसद अब्दुल खानले सुन व्यवसायीले मनोमानी रुपमा कार्यविधि बनाइ सरकार र श्रमिकलाई ठग्ने काम गरिरहेका उल्लेख गर्दै सम्बन्धित निकायले सुनचाँदी बिक्री वितरणसम्बन्धी विधेयक ल्याएर कानुनमार्फत समस्याको निकास दिनुपर्नेमा जोड दिए । 

सांसद डा अमरेशकुमार सिंहले चालक अनुमतिपत्र प्रदेशले दिने वा सङ्घले दिने भन्नेबारे स्पष्ट हुनुपर्ने बताए।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  २ : ३५ बजे

सुनको मूल्यमा एकै दिन २० हजार ५०० रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ ।

चीनसँग पराजित नेपाली महिला टिम एसियन गेम्स छनोटबाटै बाहिरियो

काठमाडौँ – एसियाली गेम्स छनोटको तेस्रो स्थानमा रहँदै नेपाल एसियन

प्रसूति गृह र सामुदायिक भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा प्रसूति गृह र सामुदायिक भवन

एसियन छनोट: नेपालले चीनलाई २२१ रनले हरायो

काठमाडौँ – एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालले चीनलाई २२१

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिको काम