एमालेसँग आक्रोशित देवेन्द्र पौडेलको टिप्पणी- शान्तिपक्रिया टुंगिने बेला ‘जनयुद्ध’लाई ’हिंसा’ भन्दै चिच्याए « Khabarhub

एमालेसँग आक्रोशित देवेन्द्र पौडेलको टिप्पणी- शान्तिपक्रिया टुंगिने बेला ‘जनयुद्ध’लाई ’हिंसा’ भन्दै चिच्याए


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संविधान प्रतिकुल हुने शब्दको प्रयोग नेपालको राजनीतिक आन्दोलन प्रतिको अपमान हुने बताएका छन् ।

सत्तारुढ नेकपा एमालेका सांसदहरूले सशस्त्र द्वन्द्वलाई हिंसा भनेको प्रति आपत्ति जनाउँदै उनले संविधान प्रतिकुल हुने शब्दको प्रयोग कानून, नियम र प्रणालीको विपरित हुने बताएका हुन् ।

‘संविधानसँग नमिल्ने, प्रतिकुल हुने शब्दले नेपालको इतिहासमा एउटा खास कालखण्डमा हामीले अगाडि बढाएको राजनीतिक आन्दोलन प्रतिको अपमान हुन्छ,’ पौडेलले भने, ‘संविधानको विपरित हुन्छ । हामीले बनाएका कानून, नियम र प्रणालीको विपरित हुन्छ । त्यसकारणले यसप्रकारका शव्द, शैली प्रयोग नगर्नका निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु ।’

पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी कानुन (टीआरसी)लाई १० वटा देशहरूले सम्मान गरिसकेको र अन्तर्राष्ट्रिय समुदायले मान्यता दिइसकेको अवस्थामा एमालेका सांसदहरू हिंसा भनेर सदनमा चिच्याइरहेका टिप्पणी पनि गरे ।

‘१० वटा देशहरूले सम्मान गरिसके टीआरसीलाई । अन्तर्राष्ट्रिय समुदायले मान्यता दिइसक्यो । तर, माननीयज्यूहरूले हिंसा भनेर सदनमा चिच्याइरहनुभएको छ,’ उनले भने, ‘अनुरोध छ, यो प्रकारको विगतलाई बल्झाएर शान्ति प्रक्रियालाई फेरि बिथोल्ने काममा माननीय सदस्यहरूका शब्दहरू प्रयोग नआउन् ।’

उनले माओवादी केन्द्र पनि सहकार्य गरेर आएको दल भएको जिकिर गर्दै सबै आन्दोलनको इतिहास आफूहरूलाई थाहा भएको बताए ।

‘हामी पनि सहकार्य गरेर आएका हौँ । सबै आन्दोलनको इतिहास हामीलाई थाहा छ,’ सांसद पौडेलले भने, ‘सबै आन्दोलनका इतिहासहरू संविधानमा लेखिएका छैनन् । खासखास चरणका आन्दोलनहरूलाई मात्रै शब्दमा संविधानमा व्यक्त गरिएका छन् ।’

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  २ : ४३ बजे

सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

राष्ट्रियसभाको बैठक : चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

 काठमाडौं – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा

नेपालमा विदेशी पर्यटक बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र