आज रवि र कँडेलको बयान, चितवनको सुरक्षा व्यवस्था कडा | Khabarhub Khabarhub

आज रवि र कँडेलको बयान, चितवनको सुरक्षा व्यवस्था कडा


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अभियुक्त बनाइएका रवि लामिछाने र युवराज कँडेलको आज (सोमबार) अदालतमा बयान लिइँदै छ ।

आत्महत्या दुरुत्साहनको कसुरमा अभियुक्त बनाइएका ३ जनामध्ये अस्मिता भनिने रुकु कार्कीको भने आइतबार नै बयान सकिसकेको छ ।

१० दिन लामो प्रहरी अनुसन्धान पछि जिल्ला सरकारी वकिल कार्यालय चितवनले आइतबार टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा अभियोग पत्र दायर गरेको थियो ।

अभियोग पत्र दायर भएपछि जिल्ला अदालत चितवनले अभियुक्तहरुको बयान लिन शुरु गरेको थियो । सोमबार रवि र कँडेलको बयान लिइने जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

गिरीका अनुसार २ जनाको बयान सकिएपछि आजै थुनछेक बहस हुने संभावना छ । यद्यपि रविको पक्षबाट मात्रै बहस गर्न आधा दर्जन कानून व्यवसायीहरुले नाम टिपोट गरेका कारण सोमबार नै थुनछेक आदेश जारी हुने संभावना कम रहेको देखिन्छ ।

‘आज बयान सकियो भने बहस शुरु हुन्छ,’ जिल्ला अदालत चितवनका श्रेस्तेदार गिरीले भने, ‘बहस गर्ने कानून व्यवसायी बढी भएका कारण आजै आदेश आउने नआउने भन्ने अवस्था छैन ।’

चितवनको सुरक्षा व्यवस्था कडा

प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि छामिछानेका समर्थकहरुको प्रदर्शनका कारण स्थानीय प्रशासनले चितवनको जिल्ला सदरमुकाम भरतपुरमा निषेधाज्ञा जारी गरेको छ ।

प्रहरीले विहानैदेखि निषेधाज्ञा जारी गरिएकाले अत्यावश्यक काम बाहेक अन्य कामका लागि बाहिर ननिस्किन स्थानीयहरुमा अनुरोध जारी गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले रविसहितका प्रतिवादीहरुविरुद्ध अभियोग पत्र दायर गरेको दिन रविका समर्थकहरुले प्रहरी कार्यलयमाथि नै आक्रमण गर्न खोजेका थिए । रविका समर्थक र प्रहरीबीच झडप समेत भएको थियो, जसमा ४ जना प्रहरी घाइते भएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ११ : १६ बजे

अर्धशतकबाट चुके सन्दीप, ४९ रनमा आउट

काठमाडौं । आईसीसी विश्वकप लिग– २ अन्तर्गत क्यानडाविरुद्धको खेलमा सन्दीप

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा

प्रधानमन्त्रीलाई रविले आग्रह : न्युयोर्कबाट फर्कनुस्, बसेर कुरा गरौं, म रुम मिलाउँछु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको

नेपालको ब्याटिङ संकटमा, १०० रन नबनाउँदै गुमायो ७ विकेट

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

बारा – बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको