चितवन अदालतमा युवराज कँडेलको बयान शुरु, २६ जना वकिलहरुले बहस गर्ने « Khabarhub

चितवन अदालतमा युवराज कँडेलको बयान शुरु, २६ जना वकिलहरुले बहस गर्ने


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अभियुक्त बनाइएका रवि लामिछाने र युवराज कँडेललाई पुनः जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

बयान लिनका लागि कँडेल र लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो । जिल्ला अदालत स्रोतका अनुसार अहिले युवराज कँडेलको बयान शुरु भइसकेको छ ।

२६ जना वकिलले बहस गर्ने
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको थुनछेक बहसमा २६ जना अधिवक्ताहरुले आफ्नो दलिल पेश गर्ने भएका छन् ।

जिल्ला अदालत चितवन स्रोतका अनुसार वादी र प्रतिवादीका तर्फबाट बहस गर्न भनेर कूल २६ जना वकिलहरुले आफ्नो वकालतनामा पेश गरेका छन् ।

वादी नेपाल सरकारको तफर्पबाट जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधीवक्ता यदुनाथ शर्मा नेतृत्वमा सरकारी वकिल र कानून व्यवसायीहरुले वकालतनामा दर्ता गराएका छन् ।

यस्तै प्रतिवादीहरुमध्ये रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तलगायतले बहस गर्दैछन् ।

१० दिन लामो प्रहरी अनुसन्धान पछि जिल्ला सरकारी वकिल कार्यालय चितवनले आइतबार टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा अभियोग पत्र दायर गरेको थियो ।

अभियोग पत्र दायर भएपछि जिल्ला अदालत चितवनले अभियुक्तहरुको बयान लिन शुरु गरेको थियो । सोमबार रवि र कँडेलको बयान सकेर थुनछेक बहस शुरु हुने संभावना छ । तर, सोमबार नै बहस सकिने संभावना भने कम रहेको अदालत स्रोतले खबरहबलाई जानकारी दियो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ११ : ३४ बजे

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष