मलेसिया प्रहरीद्वारा हेरचाह गृहबाट ४०० बालबालिकाको उद्धार « Khabarhub

मलेसिया प्रहरीद्वारा हेरचाह गृहबाट ४०० बालबालिकाको उद्धार


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर – मलेसियाली अधिकारीहरूले ठूलो मात्रामा छापा मारेर बालबालिका हेरचाह गृहहरूबाट सयौँ बालबालिकाको उद्धार गरेको र धेरै मानिसलाई गिरफ्तार गरेको प्रहरीले बुधबार बताएको छ । ती गृहहरूमा बालबालिकामाथि कथित रूपमा शारीरिक तथा यौन दुर्व्यवहार गरिएको थियो ।

प्रहरी महानिरीक्षक रजारुद्दिन हुसेनले बुधबार सेलाङ्गोर र नेग्री सेम्बिलान राज्यमा विभिन्न परोपकारी घरहरूमा छापा मार्दा एकदेखि १७ वर्ष उमेरका चार सय दुई बालबालिकाको उद्धार गरिएको जानकारी दिए ।

बिहानै छापा मार्दा प्रहरी र अन्य एजेन्सीका करिब एक हजार कर्मचारी सहभागी थिए । महानिरीक्षक रजारुद्दिनका अनुसार इस्लामिक धार्मिक शिक्षक र कल्याणकारी घरहरूको हेरचाह गर्नेसहित एक सय ७० जनालाई पक्राउ गरिएको छ ।

हेरचाह गर्नेहरूले पीडितहरूमाथि यौन दुर्व्यवहार गरेको र अन्य बालबालिकालाई दुर्व्यवहार गर्न बाध्य पारेको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको रजारुद्दिनले पहाङ राज्यमा पत्रकार सम्मेलनमा बताए ।

“बिरामीहरूलाई उनीहरूको अवस्था नाजुक नभएसम्म क्लिनिकमा उपचार गर्न अनुमति दिइएन”, उनले भने । उनका अनुसार पाँच वर्षसम्मका केही बालबालिकालाई तातो चम्चाले पनि डामिएको थियो ।

बालबालिकालाई अस्थायी रूपमा राजधानी क्वालालम्पुरस्थित एक प्रहरी प्रशिक्षण केन्द्रमा राखिने र उनीहरूको स्वास्थ्य परीक्षण गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ९ : ०१ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक