सडक विस्तारका लागि चक्रपथका २ हजारभन्दा बढी रुख काटिने « Khabarhub

सडक विस्तारका लागि चक्रपथका २ हजारभन्दा बढी रुख काटिने



काठमाडौं– चक्रपथ सुधार आयोजनाले कलंकी—चक्रपथ—धोवीखोला खण्डको भौतिक संरचना हटाउन गत जेठ २४ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।

सडकको मध्यभागबाट ३१ मिटरभित्रका भौतिक संरचना १५ दिनभित्र हटाइसक्नुपर्ने भन्दै आयोजनाले सम्बन्धित निकायलाइ पत्राचार पनि गरेको थियो ।यद्यपी सूचना प्रकाशन भएको २ महिना बितिसक्दा पनि संरचना हटाउने काम भने हुन सकेको छैन ।

आयोजनाका योजना प्रमुख अमृतमणि रिमालका अनुसार कलंकीदेखि धोवीखोलासम्म सडक विस्तार गर्नका लागि २ हजार ५७ वटा रुखहरु काटिने भएका छन् ।

२ महिनाअघि नै पत्राचार गरेपनि सम्बन्धित निकायले चासो नदेखाउँदा काममा ढिलाइ भएको उनले बताए । ‘प्रक्रियागत रुपमा जाँदा केही समय लाग्ने भएकाले ढिलाइ भएको हो’ उनले भने ‘केही दिनअघि सडकमार्गभित्र पर्ने सबै रुखमा टाँचा लगाइसकेको छौं ।

रिमालका अनुसार असोज १ गतेबाट रुख काट्न सुरु हुनेछ ।

यो सडकको लम्बाइ ११ दशमलव ६ किलोमिटर रहेको छ । चक्रपथ विस्तारको दोस्रो खण्डअन्र्तगत रहेको यो सडकको डीपीआरको काम धमाधम भइरहेको छ । यो खण्डको सडक विस्तारका लागि चीन सरकारले करिब ६ अर्ब लागत लाग्ने अनुमान रहेको छ भने सडक विस्तार सुरु भएको ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

यसअघि चीन सरकारले नै ११ दशमलव ३९ किलोमिटर लम्बाइको कोटेश्वर कलंकी सडकको विस्तार सम्पन्न गरिसकेको छ ।

कलंकीदेखि धोवीखोलासम्मको सडक विस्तार गर्ने क्रममा १ सय ५० वटा बिजुलीका पोल सारिने रिमालले खबरहबलाइ जानकारी दिए । बिजुलीको पोल सार्ने काम केही दिनमा अघि बढ्नेछ’ रिमालले भने ‘भौतिक संरचना खासै भत्काउनुपर्ने देखिदैँन’ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १२ : २६ बजे

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन ३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने