कतार उड्न लागेका युवकलाई जब प्रहरीले विमानस्थलमा हतकडी लगायो « Khabarhub

कतार उड्न लागेका युवकलाई जब प्रहरीले विमानस्थलमा हतकडी लगायो


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

गोरखा- वैदेशिक रोजगारीका लागि कतार उड्न तम्तयार एकजना युवक आफ्ने गल्तीले प्रहरीको हिरासतमा पुगेका छन् । गोरखाका एकजना युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर हिरासतमा लिएको हो ।

गोरखाको आरुघाट गाउँपलिका–६ निवासी २८ वर्षीय सुरज गुरुङलाई बहुविवाह आरोपमा पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।

‘सुरजकी जेठी श्रीमती रिताले यही भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको जाहेरी दर्ता गर्नुभएको थियो’, उनले भने, ‘बहुविवाहलगत्तै विदेश जान लागेको थाहा पाएपछि अध्यागमन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयसँगको समन्वयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।’

कसुरबाट भाग्न सुरज वैदेशिक रोजगारीका लागि कतार जान लागेको सूचना पाएपछि उनलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

सुरजकी जेठी श्रीमती रिताले आफू हुँदाहुँदै श्रीमान्ले कान्छी घताने गुरुङसँग विवाह गरेको भन्दै प्रहरीमा बहुविवाहको जाहेरी दिएकी थिइन् ।

‘उजुरी परेपछि गत सोमबार जिल्ला अदालत कार्यालयबाट पक्राउका लागि अनुमति लिएर त्यही दिन पक्राउ गरी गोरखा ल्याइएको हो’, श्रेष्ठले भने ।

उनलाई अदालतबाट अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान सुरु गरिने उनले जानकारी दिए । रासस

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १ : ५५ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था