तनहुँमा तीन सय २६ जना क्षयरोगीका बिरामी | Khabarhub Khabarhub

तनहुँमा तीन सय २६ जना क्षयरोगीका बिरामी


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाका क्षयरोगका बिरामीलाई चिकित्सकको निगरानी (डट्स विधि) द्वारा औषधि सेवन गराइएको छ । दमौली अस्पतालका सिनियर अहेब अधिकृत दिनेश पण्डितका अनुसार एक सय २८  डट्स सेन्टरबाट क्षयरोगका बिरामीलाई निःशुल्क रुपमा उपलब्ध गराइएको छ । 

हाल जिल्लामा जिल्लामा तीन सय २६ जना क्षयरोगी छन् । 

उनले भने ‘डट्स विधि प्रभावकारी रहेकालाई यसलाई निरन्तरता दिँदै आइएको छ । जिल्लाका दशवटै पालिकामा क्षयरोगका बिरामी भेटिएका छन् । बिरामीले आफूलाई पायकपर्ने नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गर्ने छन् ।’

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार व्यासमा ९६, भानुमा ४२, म्याग्देमा १६, शुक्लागण्डकीमा २६, भिमादमा २६, घिरिङमा १६, ऋषिङमा ११ जना क्षयरोगी रहेका छन् । त्यस्तै देवघाटमा ३१, बन्दीपुरमा २६ र आँबुखैरेनी गाउँपालिकामा २२ जना क्षयरोगी रहेका छन् ।  

उनका अनुसार गतवर्ष क्षयरोगबाट १४ जनाको मृत्यु भएको छ ।  ती मध्ये ६ महिला र आठ पुरुष रहेका छन् । 

क्षयरोगका बिरामीका लागि जिल्लाका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा औषधि वितरण भइरहेको छ । निरन्तर रुपमा खोकी लाग्ने, ज्वरो आउने, टाउँको दुख्ने, वाकवाक लाग्नेलगायतका लक्षण देखिए क्षयरोग लागेको हुनसक्ने चिकित्सकहरू बताउँछन् । नियमित औषधि सेवन गरे क्षयरोगबाट बच्न सकिनेछ ।  

सिनियर अहेब पण्डितले भने ‘उक्त लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराउनुपर्छ ।’ 

त्यसैगरी जिल्लामा दुईजना कुष्ठरोगका बिरामी  छन् । तनहुँ जिल्ला कुष्ठरोग नियन्त्रणतर्फ उन्मुख रहेको सिनियर अहेब अधिकृत पण्डितले बताए । दुई जनामा नयाँ कुष्ठरोगी देखापरे पनि पुराना कुष्‍ठरोगी नरहेको अस्पतालको तथ्यांकले देखाएको छ । 

कुष्ठ रोगी समाजमा खुल्न नचाहने भएकोले उपचारमा समस्या हुने गरेको दमौली अस्पतालले जनाएको छ । 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १ : ५४ बजे

वर्षमानको टिप्पणी- बिचौलियासँग कुरा नमिलेसम्म सरकारले गभर्नर निुयक्त गर्दैन

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले बिचौलियाको चलखेलका कारण

साउदी अरबमा ट्रम्प : इरानलाई रोक्नेदेखि हतियार बिक्रीसम्मको स्वार्थ

रियाद- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार साउदी अरब पुगेका छन्।

वायुसेवा निगमका दुईवटा ट्वीनअटर सञ्चालनमा

काठमाडौं– आन्तरिक उडानतर्फ सञ्चालनमा रहेका नेपाल वायुसेवा निगमका दुईवटा ट्वीनअटर

प्रधानमन्त्री भलिबल कपमा शिवम् सिमेन्टले सहकार्य गर्ने

काठमाडौं– प्रधानमन्त्री कप भलिबल प्रतियोगिताको स्ट्रेन्थ पार्टनरको रुपमा शिवम् सिमेन्टले

प्रधानमन्त्रीको दाबी- अर्थतन्त्रको गाडी लयमा ल्यायौँ, अब त्रिशूलीमा खस्दैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन