‘लिलिबिली’ लफडा: फिल्म निर्माता शाहीमाथि आपराधिक विश्वासघातको मुद्दामा अनुसन्धान « Khabarhub

‘लिलिबिली’ लफडा: फिल्म निर्माता शाहीमाथि आपराधिक विश्वासघातको मुद्दामा अनुसन्धान


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं जिल्ला अदालतले फिल्म निर्माता तथा गोविन्द शाहीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । चलचित्र ‘लिलिबिली’ को आम्दानी नदेखाएको भन्दै फिल्मका निर्माता सुदीप खड्काले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा शाहीलाई बुधबार महानगरीय अपराध महाशाखा टेकुले राजधानीको कमलपोखरीबाट पक्राउ गरेको थियो । उनलाई छलफलका लागि पक्राउ गरिए पनि कुरा नमिलेपछि थुनामा राखिएको थियो ।

प्रहरीले उनीमाथि ठगी अन्तर्गत आपराधिक विश्वासघातको मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

‘उहाँमाथि म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ उनले खबरहबसँग भने ।

शाहीले चलचित्र ‘लिलिबिली’ बाट प्राप्त आम्दानी लुकाएको भन्दै निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले आरोप लगाउँदै आएका थिए । गत वर्ष परेको उजुरीका आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।

प्रहरीकहाँ उजुरी परे पनि निर्माता शाहीले भने उल्टो आफू नै घाटामा गएको भन्दै तर्किँदै आइरहेका थिए । शाहीले उक्त फिल्मबाट उल्टो आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

अपराध महाशाखा शाहीमाथि थप अनुसन्धानका लागि शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १२ : ५६ बजे

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

सुनसरी– कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२–८३ मा जेठ महिनासम्म