प्रेस चौतारीका अध्यक्षलाई पक्राउ गर्न प्रहरी होटलमा छिरेपछि खैलाबैला « Khabarhub

प्रेस चौतारीका अध्यक्षलाई पक्राउ गर्न प्रहरी होटलमा छिरेपछि खैलाबैला


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेकपा एमालेनिकट प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई खोज्दै प्रहरी टोली बागबजारको हार्दिक होटलमा छिरेको छ ।

प्रेस चौतारीका अन्य पदाधिकारीसहित एउटा बैठकमा बसिरहेका बेला सादा पोशाकका प्रहरीको टोली बस्नेतलाई पक्राउ गर्न पुगेको थियो ।

प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले अनलाइनमा समाचार लेखेकै कारण बस्नेतलाई पक्राउ गर्न खोजिएको बताएका छन् ।

‘समाचार लेखेकै कारण हाम्रो संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलाई बागबजारमा अपराधी जसरी पक्राउ गर्ने प्रहरीको प्रयास निन्दनीय छ’, उक्त होटलमै रहेका पाण्डेले भने, ‘प्रहरीको टोली आएर जोरजबरजस्ती गर्न खोज्दा हामीले प्रतिकार गर्‍यौँ ।’

समाचारको विषयमा चित्त नबुझेको भए कारबाही गर्ने निकाय प्रेस काउन्सिल रहेको बताउँदै पाण्डेले प्रहरीको टोली यसरी छापामार शैलीमा आउनुलाई आपत्तिजन भनेका छन् ।

बस्नेत सञ्चालक रहेको अनलाइनले गत साउन ३२ गते नेकपा एकीकृत समाजवादीकी एकजना नेतृलाई जोडेर एउटा समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचारमा ती नेतृ नग्न अवस्थामा रहेका तस्बिर पनि छापिएका थिए । त्यसपछि ती नेतृले लिखित वक्तव्य नै निकालेर त्यसको खण्डन गरेकी थिइन् । उनले उक्त आपत्तिजनक भिडियोकी महिला आफू नभएको बताउँदै चरित्र हत्या गरिएकाले कानुनी उपचार खोज्ने उल्लेख गरेकी थिइन् ।

बस्नेतले उक्त समाचारमा प्रयोग गरिएको आपत्तिजनक तस्बिरलाई प्रेस काउन्सिलको निर्देशनअनुसार भन्दै हटाएका थिए । त्यसैगरी समाचारमा उल्लेखित नाम पनि उनले सम्पाद गरेर हटाएका थिए ।

‘प्रेस काउन्सिलको निर्देशनअनुसार तस्बिर हटाइएको छ । आपत्तिजनक तस्बिर। प्रकाशन नगरेको भए पनि सरकारी नियामक निकायको निर्देशन पालना गर्नु मिडियाको कर्तब्य ठानेर तस्बिर हटाइएको जानकारी गराउन चाहन्छौँ’, उनले उक्त समाचारबारे भनेका भनेका थिए ।

उक्त प्रकरणमा ती महिला नेतृले बस्नेत र उनी सञ्चालक रहेको अनलाइनविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । समाजवादीकी ती नेतृको उजुरीकै आधारमा साइबर ब्यूरोको टोलली बस्नेतलाई पक्राउ गर्न बागबजार पुगेको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ५ : १६ बजे

रक्षा बमलाई प्रश्न: रवि-बालेन सहमतिमा जेनजी र सरकारबीचको १० बुँदे सम्झौता किन समेटिएन ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका

स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी – पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि

आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात

काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल

बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुको ‘उम्मेदवारी घोषणा’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र