गिरीबन्धु टी-इस्टेटको गेटमा कुकर बम र माओवादीको पर्चा « Khabarhub

गिरीबन्धु टी-इस्टेटको गेटमा कुकर बम र माओवादीको पर्चा


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको विर्तामोडस्थित गिरीबन्धु टी-इस्टेट उद्योगको गेट अगाडि कुकर बम भेटिएको छ।

पूर्वपश्चिम राजमार्गदेखि दक्षिणमा चालु अवस्थामा रहेको गिरीबन्धु टी-इस्टेटको उद्योगको गेट अगाडि पड्काइसकेको कुकर फेला परेको हो। बम राति नै पड्काएको अनुमान गरिएको छ।

विष्फोट भए पनि कुनै क्षति भएको छैन। बम पड्केको आवाजसमेत नसुनेको स्थानीयले बताएका छन्।

बमसँगै पर्चा पनि भेटिएको छ। नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चा भेटिएको हो। त्यो समूहको आधिकारिकताबारे थाहा हुन सकेको छैन।

त्रसित र आतंकित पार्ने उद्देश्यले त्यस्तो क्रियाकलाप गरेको हुनसक्ने टी-स्टेटका संचालक छत्र गिरीले जानकारी दिए। घटनास्थलमा प्रहरी टोली पुगिसकेको विर्तामोड प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ९ : ४७ बजे

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार