गिरीबन्धु टी-इस्टेटको गेटमा कुकर बम र माओवादीको पर्चा « Khabarhub

गिरीबन्धु टी-इस्टेटको गेटमा कुकर बम र माओवादीको पर्चा


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको विर्तामोडस्थित गिरीबन्धु टी-इस्टेट उद्योगको गेट अगाडि कुकर बम भेटिएको छ।

पूर्वपश्चिम राजमार्गदेखि दक्षिणमा चालु अवस्थामा रहेको गिरीबन्धु टी-इस्टेटको उद्योगको गेट अगाडि पड्काइसकेको कुकर फेला परेको हो। बम राति नै पड्काएको अनुमान गरिएको छ।

विष्फोट भए पनि कुनै क्षति भएको छैन। बम पड्केको आवाजसमेत नसुनेको स्थानीयले बताएका छन्।

बमसँगै पर्चा पनि भेटिएको छ। नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चा भेटिएको हो। त्यो समूहको आधिकारिकताबारे थाहा हुन सकेको छैन।

त्रसित र आतंकित पार्ने उद्देश्यले त्यस्तो क्रियाकलाप गरेको हुनसक्ने टी-स्टेटका संचालक छत्र गिरीले जानकारी दिए। घटनास्थलमा प्रहरी टोली पुगिसकेको विर्तामोड प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ९ : ४७ बजे

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे